टर्कीलाई इ. यु. मा चान्स छैन

Turkey-EUबेल्जियमको प्रमुख सत्ता घटक एन. भे. आ. पार्टी टर्कीलाई युरोपियन युनियनमा सदस्य बनाउन कुरामा प्रखर रूपमा खडा भएको छ । त्यसो त युरोपियन युनियनका धेरैजसो दक्षिणपन्थी पार्टीहरू टर्कीलाई इ. यु. मा ल्याउन नहुने कुरामा अडिग छन् ।
एन. भे. आ. का दुई प्रसिद्ध युरोपियन साँसदहरू मार्क देमेसमाकर र सान्दर लोन्स टर्कीले मौकाको फाइदा उठाउन खोजेको आरोप लगाउँदै एन. भे. आ. प्रष्ट रूपमा टर्कीविरूद्ध उत्रने बताएका छन् ।

हाल युरोपियन युनियनले टर्कीसँग शरणार्थीहरू नियन्त्रण गर्ने उपायहरू बारे छलफल गर्दैछ । टर्की भने युरोपियन युनियनको सदस्यता लिने बारे पनि छलफल गर्न चाही रहेको छ ।