बेल्जियमको आन्त्रोपेन स्टेशन सबै भन्दा रोमान्टिक स्टेशन

बेल्जियमको आन्त्रोपेन सेंट्रल रेलवे स्टेशन युरोप कै सबैभन्दा रोमान्टिक स्टेशनमा परेको छ| होटल आरक्षण साइट होटलAntwerpen_Centraal_station डट कमले बास्तुकलाको आधारमा गरेको सर्वेक्षणअनुसार आन्त्रोपेन सेंट्रल रेलवे स्टेशन स्टेशन एक नम्वरमा रहेको हो|

उक्त सर्वेक्षण अनुसार पेरिसको गारे दु नोर्ड दोश्रो र लन्डनको किंग्स क्रॉस तेश्रो स्थानमा रहेका छन् | त्यसै गरी नेदरल्याण्डको एम्स्टर्डम सेंट्रल रेलवे स्टेशन चौथो र जर्मनीको बर्लिन स्थित फ्रेइद्रिकत्रास्चे  स्टेशन पाचौ नम्वरमा रहेका छन् |

यसै गरी ब्रिटिश-अमेरिकन लोकप्रीय वेब-पत्रिका माशेबलले विश्वका उत्कृष्ट १२ ट्रेन स्टेशनहरूको सूचिमा बेल्जियमको आन्त्रोपेन सेंट्रल रेलवे स्टेशन स्टेशनलाइ पहिलो नम्बरमा राखेको छ | आन्त्रोपेनको सेन्त्राल ट्रेन स्टेशनमा चार तल्ला रहेका छन् | पुरानो यस स्टेशनको केही वर्षअघि मात्र मर्मत सुधार गरिएको हो |antwerpen_centraal_station