बेल्जियममा अन्तर्राष्ट्रिय भाषा साहित्य सम्मेलन हुँदै

डायस्पोरामा नेपाली भाषा तथा साहित्यको संरक्षण,संवर्द्धन तथा प्रचारप्रसार गर्ने उद्वेश्यले बेल्जियममा पहिलो पटक युरोप स्तरीय नेपाली भाषा साहित्य ANESASसम्मेलनको आयोजना गरीने भएको छ | अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले सम्मेलनको आयोजना गरेको हो| सम्मेलन यहि अगस्त १६ मा बेल्जियमको लुभेनमा हुने भएको छ| सम्मेलनमा युरोपमा नेपाली भाषा साहित्यको अवस्था बारेमा बहस गरीने भएको छ| बिभिन्न मातृ भाषाका रचना संकलन गरी संग्रहको रुपमा प्रकाशनका  साथै युरोप घोषणा पत्र जारी गरीने भएको छ|

सम्मेलनमा नेपालबाट बरिष्ठ साहित्यकारहरुका साथै अमेरिका,बेलायत तथा युरोपेली मुलुकका साहित्यकारहरु सहभागी हुने अपेक्षा लिईएको छ| यूरोपमा रहेका नेपाली स्रष्टाहरुवीच परिचय र अनुभवको आदानप्रदान, सिर्जना वाचन, डायस्पोरीय धारणा निर्माण र घोषणा, नेपालबाट सहभागी हुने साहित्यकारबाट सिर्जनाको बर्तमान प्रवृत्ति र विकासवारे छलफल गरीने अनेसास बेल्जियमका अध्यक्ष दीपेन्द्र केसीले जानकारी गराएका छन्|