बेल्जियमकी रानी फाबिओलाको मृत्यु

बेल्जियमकी महारानी फाबिओलाको ८६ बर्षको उमेरमा मृत्यु भएको छ| उनको ब्रुसेल्स स्थित स्तुयबेनबेर्घ महलमा शुक्रवार  मृत्यु भएको हो| उनि

fabiolaबेल्जियमका पाचौ राजा बोउदेइनकि पत्नी थिइन्| शारीरिक असक्तताका कारण उनले केहि समय देखि व्हिल चेयर प्रयोग गर्दै आईरहेकी थिईन|

बेल्जियमका राजा रानीले उनको निधन प्रति दुख व्यक्त गरेका छन्| शारीरिक अस्वस्थ्यको कारण उनि १३ जुलाई २०१३ पछाडी सार्वजनिक रुपमा देखा परेकी थिइनन्| उनि सन् २००९ देखि नै अस्वस्थ्य थिइन्|

उनि सन् १९२८ जुन ११ मा स्पेनमा जन्मेकी थिइन्| उनि परिवारकी छैटौ सन्तान थिइन्| उनको बिबाह सन् १९६० डिसेम्बर १५ मा बेल्जियमका राजा बोउदेइन संग भएको थियो| उनि ३२ बर्षको उमेरमा बेल्जियमकी रानी बनेकी थिइन्| उनका कुनै सन्तान थिएनन|जसको कारण बोउदेइनको मृत्यु पछी अल्बर्ट राजा बनेका थिए| बोउदेइनको हृदयघातको कारण सन् १९९३ जुलाई ३१ मा निधन भएको थियो| बोउदेइनको मृत्यु पछि पनि उनि बेल्जियमकी रानी कहलिएकी थिइन्|

बेल्जियमका राजा फिलिपले उनको निधनले आफु स्तब्ध भएको बताउदै सधै प्रोत्साहित उनि आफ्नो लागि दोश्रो आमाको रुपमा रहेको जनाएका छन्| त्यसै गरी बेल्जियमका प्रधानमन्त्री चार्ल्स मिसेलले देशको लागि अन्तर्राष्ट्रिय प्रतिष्ठा कमाएकी रानीको मृत्यु भएको बताएका छन|