बेल्जियमका वैचारिक संगठनहरु आप्रवासी हकका लागि डेलिगेसन जाँदै

बेल्जियम सरकार ले यहाको बसाइको बैधानिकता प्रदान गर्ने क्रममा गैर न्यायिक भेद्वादको बिरुद्दमा बेल्जियम मा रहेका सात बैचारिक संगठन नेपाली जनसम्पर्क समिति -बेल्जियम ,प्रवासी नेपाली मंच -बेल्जियम ,नेपाली एकता समाज -बेल्जियम ,प्रवासी नेपाली समाज -बेल्जियम ,नेपाली संघिय समाज-बेल्जियम ,नेपाली जनप्रगतिशील मंच -बेल्जियम , नेपाली जनप्रगतिशील मोर्चा -बेल्जियम ले बिगत लामो समय देखि यस सम्बन्धित बिबिध कार्यक्रम हरु गर्दै आएका छन् /बैधानिकत प्राप्तिको लागि संघर्षरत नेपाली समुदाय लाइ एकीकृत गर्दै संगठित गर्ने ,नेपालको बर्तमान तरल राजनैतिक अवस्थाको बारेमा सम्बन्धित निकायहरुमा ब्याख्या गर्न पहल गर्ने , डिपोर्टेसन को बिरुद्धमा बेल्जियम तथा नेपाल सरकार का सम्बन्धित निकायमा ज्ञापन पत्र दिने ,यहाका बैधानिकता को लागि पर्खिएर रहेका नेपाली हरु को फाइलमा सकारात्मक निर्णय को लागि फेडरल माइग्रेसन ,बेल्जियम मा भेटघाट गरि सामुहिक फाइल बुझाउने आदि जस्ता प्रवासी नेपालीको हकहितमा काम गर्दै आएको छ /यहि अभियान को क्रममा बेल्जियम रिफुजी काउन्सिल को केन्द्रिय कार्यालयमा यहाँ लामो समय देखि रहदै आएका नेपालीहरुले भोग्नु परेको समस्या का साथै नेपालको बर्तमान तरल राजनैतिक अवस्थाको आधारमा यहाबसेका नेपालीहरुको फाइल लाइ पुनर्मूल्यांकन गरियोस भनि आवसेक दबाब दिनको लागि यहि जुलाई ४ तारिख सुक्रबार बिहान ११ बजेको लागि भेटघाटको समय निर्धारण गरेको छ /यस भेटघाटमा मुख्य गरि बेल्जियम स्थित नेपाली हरुले भोग्नु परेको बैधानिकता सम्बन्धि पिडा तथा नेपालको तरल राजनैतिक अवस्थाको बारेमा व्याख्या गरिनुका साथै बैधानिकताको लागि संघर्षरत नेपालीहरुको संकलित फाइल बुझाइने छ /सयुक्त राष्ट्र संघ र बेल्जियम सरकार संग पुलको रुपमा काम गर्दै आएको यो यस निकाय संग को भेट घाटले समस्यालाई समाधान को बाटो तय गर्ने आसा एबम विश्वास को रुपमा लिइएको छ /
-प्रेम पाठक
२ जुलाई २०१४