बेल्जियमका जिहादीस्तहरूको निशाना ड्युटीका प्रहरी

बेल्जियमका केन्द्रीय न्यायाधीकारी (प्रोसेक्युटर) हरूका अनुसार बेल्जियन जिहादिस्तहरूको निशाना ड्युटीका प्रहरी हुन् । शुक्रवार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । विहिवार अपरान्ह प्रहरी हस्तक्षेप नभएको भए आतंककारीहरूको अन्तिम चरणमा रहेको योजनाले कुनै पनि बेला आतंक मच्चाउन सक्ने स्थिति रहेको तिनले जनाएका छन् ।

press-jihadiste-operationविहीवार अपरान्ह र राती राजधानी ब्रसेल्स, भ्लाम्स ब्राबान्त र लिएज क्षेत्रमा भएको प्रहरी अपरेशनमा १३ शंकास्पद व्यक्तीहरूलाइ प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीका निशाना बनेका प्रायःजसो व्यक्तीहरू सिरीया वा इराकमा गइ फर्केका जिहादिस्टहरू रहेको बताइएको छ । यी जिहादिस्टहरूको पेरिस घटनासँग कुनै सम्बन्ध नरहेको बेल्जियन प्रोसेक्युटरले बताएका छन् । तर विहीवारको प्रहरी अपरेशनमा परेका ग्रुपका थप दुइ व्यक्ती फ्रान्समा पक्राउ परेका जनाइएको छ । बेल्जियन प्रोसेक्युटरले पक्राउ परेकामध्ये प्रायःजसो बेल्जियन नागरिक नै रहेको उल्लेख गरेका छन् । ती धेरैजसो उत्तर अफ्रिकी मुस्लिम देशको पृष्ठभूमिका रहेका स्थानीय समाचार माध्यमहरूले जनाएका छन् ।