बेल्जियममा २ जिहादिस्तको गोली हानाहानमा मृत्यु, सुरक्षामा ‘उच्च सतर्कता’

बेल्जियममा फ्रेन्चभाषी क्षेत्रको भेर्भिए नगरपालिकामा २ जिहादिस्तको गोली हानाहानमा मृत्यु भएपछि विहीवार बेलुकीदेखि सरकारले सुरक्षा अवस्थालाई ‘उच्च सतर्कता’ मा राखेको छ । त्यसैगरी, भेर्भिए, ब्रसेल्स र हाल-भिलभोर्द क्षेत्रमा करिब एक दर्जन ठाउँहरूमा प्रहरीले छापा मारको बताइएको छ ।
belgian-raid

सिरीयाबाट फर्केका जिहादिस्तहरूले आक्रमणको तयारी गरिरहँदा प्रहरीले हस्तक्षेप गरी पक्राउ गर्न खोज्दा ती संदिग्ध व्यक्तीहरूले गोली चलाएको प्रहरीले जनाएको छ । गोली हानाहानमा संदिग्ध २ को मृत्यु भएको छ भने तेस्रो संदिग्ध व्यक्ती घाइते भइ पक्राउ परेका छन् । कुनै पनि प्रहरी वा प्रत्यक्षदर्शी घाइते नभएको जनाइएको छ ।

Verviers-bourgmestreविहीवार अपरान्ह ५ बजेर ४० मिनेट जाँदा ती जिहादिस्तलाई पक्राउ गर्न भेर्भिएको ‘रू द ला कोलीन’ मा प्रहरीमा पुगेका थिए ।
प्राप्त समाचार अनुसार-
* ती जिहादिस्तको फ्रान्सको पेरिसमा भएको घटनासँग कुनै प्रत्यक्ष सम्बन्ध रहेको पुस्टी भएको छैन ।
* शुक्रवार दिउँसो ११ वजे पत्रकार सम्मेलन गरी थप जानकारी दिइने बताइएको छ ।
* घटनालाइ प्रधानमन्त्री चार्ल्स मिसेलले प्रत्यक्ष रूपमा नियमित अनुगमन गरिरहेको र गृहमन्त्री, न्यायमन्त्री र सुरक्षा प्रमुखहरूसँग बैठक गरिरहेको जानकारी दिइएको छ ।
* सुरक्षा स्थितिलाइ ४ संवेदनशील स्तरमध्ये ३ अंकमा राखिएको छ । सुरक्षा संयन्त्रले तेस्रो संवेदनशीलताको स्थिति अपनाएको भए पनि जनस्तरका लागि दोस्रो स्तरको संवेदनशीलता रहेको निर्धारण गरिएको छ ।
* ब्रसेल्सको रिवाकोट मेट्रो स्टेशनमा हतियारसहित रहेका एक व्यक्तीले अरबी र फ्रेन्च भाषामा धार्मीक मन्त्रहरू पढेको देखिएपछि उनलाइ प्रहरीले गिरफ्तार गरेको छ ।
* ब्रसेल्स र एन्टवर्पका यहुदी विद्यालयहरू शुक्रवारका निम्ति बन्द गरिएका छन् ।
* विहीवार रातैभरि ब्रसेल्स र आसपासका कम्युनहरूमा प्रहरीले छापा मारीरहेका खबर आइरहेका छन् ।
* विहीवार राती लिएजबाट लक्जेमबर्ग जाने हाइ-वेको आङ्लर क्षेत्रमा एक कारलाइ प्रहरीले रोक्न खोज्दा नमानेपछि त्यसको पिछा गरेको र प्रहरीले गोली चलाउँदा सवारी चालक घाइते भएको जनाइएको छ । तर सो व्यक्ती आतंककारी रहे/नरहेको पुस्टी भएको छैन ।

BELGIUM VERVIERS POLICE OPERATION TERRORISM