बेल्जियन प्रधानमन्त्रीलार्इ फ्रित र मायोनेसले हाने

Michel-frite-mayoबेल्जियन प्रधानमन्त्री चार्ल्स मिसेललार्इ नामूर सहरमा सोमबार फ्रित र मायोनेसले हिर्काइएको छ । सरकारको नयाँ नीतिको विरोधस्वरूप महिला अधिकारकर्मीहरूको एक संगठनले त्यस्तो खालको विरोध गरेको हो ।

उनीमाथि पहिले फ्रित (चिप्स) हानिएको थियो भने लगत्तै मायोनेसको पिच्कारी हानियो ।

त्यसपछि उनले सुट परिवर्तन गरी ब्यापारीहरूको त्यस कार्यक्रममा फर्केका थिए । हाँसोमा उनले भने- ‘म तपाइँहरूसँग क्षमा माग्न चाहन्छु । म मायोनेस गन्हाएको छु ।’

उनले ती महिलाविरूद्ध कुने उजुरी नगर्ने बताएका छन् ।