गैरकानूनी भए पनि वारेन्टबिना पुलिस छिर्न नपाउने

बेल्जियममा अहिले गैरकानूनी रूपमा बसेकाहरूलाइ धरपकड गरिंदैछ । यस्तो काममा सहजता र द्रुतताका  लागि यहाँको अध्यागमन विभागले बिना वारन्ट पेपर गैरकानूनी मान्छेहरूको घरमा छापा मार्न पाउने अधिकार खोजेको छ ।

police-carवारेन्टबिना गैरकानूनी भए पनि घरभित्र पुलिस छिर्न नपाउने आवाज शरणार्थीहरूको छाता संगठनले उठाएको छ । यससम्बन्धी प्रस्तावित विधेयक शरणार्थीसम्बन्धी मन्त्रीको टेबुलमा पुगेको छ ।शरणार्थीसम्बन्धी मन्त्री थियो फ्रान्केनले यसबारे विशेषज्ञहरूसँग राय लिने बताएका छन् । उनको विचार छ- ‘अध्यागमन विभागको माग म बुझ्नसक्छु तर व्यक्तीगत स्वतन्त्रता र सम्पत्तिको स्वतन्त्रतालाइ हामीले सम्मान गर्नुपर्छ ।’

उनको संकेत हो- सरकारले चाहे पनि त्यस्तो कानून बनाउन मुस्कील छ ।  त्यसको अर्थ हो, गैरकानूनी व्यक्ती बसेको भए पनि वारेन्टबिना आउने पुलिसलाइ घरको  ढोका खोल्न बाध्य छैन ।