बेङ्गलोरमा काम गर्ने ११ नेपाली बालश्रमिकको उद्वार

भारतको बेङ्गलोरका झोला बनाउने कारखानाहरुमा काम गर्नै ११ जना नेपाली बालश्रमिकको उद्वार गरिएको छ ।

केन्द्रीय अपराध शाखा र श्रम विभागको संयुक्त पहलमा ती बालश्रमिकको सोमबार उद्वार गरिएको हो ।

झोला बनाउने कारखाना रहेका तीनवटा घरमा छापा मारेर ती बालश्रमिकका उद्वार गरिएको दी हिन्दुले उल्लेख गरेको छ । ती बालश्रमिकहरु १४ देखि १८ वर्ष उमेर समूहका छन् । बालबालिकालाई कारखानामा काम गर्न लगाउने ७ जनालाई नियन्त्रणमा लिइएको छ ।

उद्वारा गरिएका बालबालिकाहरुलाई महिला तथा बालबालिका विभागमा राखिएको अपराध महाशाखाका डेपुटी कमिस्नर अभिशेक घोषालले जानकारी दिए । ती बालबालिकाहरुको परिवारसँग सम्पर्क स्थापित गरि शिक्षणसिकाईमा तत्काल पठाउने तयारी भइरहेको उनले बताए ।

नेपालका ११ सहित कारखानाबाट ६४ जनाको उद्वार गरिएको थियो । बाँकी भने भारतकै विहार राज्यका हुन् ।