बुधवार देखि अमेरिकाको लागी डिभी खुल्ला

अमेरिकी दुतावासले सन् २०१६ को डाइभसिर्टी भिसा (डिभी) कार्यक्रमको लागि यहि बुधवार देखि आवेदन दर्ता आरम्भ हुने जनाएको छ| दुतावासले शुक्रबारdv एक विज्ञप्ती जारी गर्दै डिभी आवेदकहरुलाई आवेदन भर्न आग्रह गरेको छ| आवेदन गर्ने अन्तिम मिति कार्तिक १७ अर्थात एक महिना दुई दिन रहेको छ|

ई-डिभी चिट्ठामा प्रवेश गर्नका लागि कुनै पनि शुल्क नलाग्ने भन्दै आवेदन गर्न कन्सल्टेन्टको सहयोग नलिन समेत दुतावासले सुझाएको छ | आवेदन सम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्न दूतावासको आग्रह छ | सहयोग जसले उपलब्ध गराए पनि आफ्नो आवेदनका लागि आफै जिम्मेवार रहनुपर्ने पनि उल्लेख छ|

२०१६ को डिभी आवेदन विद्युतिय रुपमा दर्ता हुने पनि बताइएको छ | आवेदकहरुले दर्ता अवधिको बेलामा ‘डब्लुडब्लुडब्लु डट डीभिलोट्री डट स्टेट डट जिओभी’ मा गई ई-डिभी आवेदन फारम भर्नसक्ने सक्नेछन| अर्को बर्षको मे ५ मा नतिजा बाहिर आउनेछ तर त्यसमा पर्दैमा डिभी विजेताका रुपमा छानिँदैमा छानिएको ब्यक्तिले भिसा पाउछ भन्ने हुदैन भन्दै दूतावासबाट जारी विज्ञप्तीमा उल्लेख भएको छ |  डिभीमा छानिएर विभिन्न चरण पार गरेर भिसाका लागि अन्तर्वार्ता दिनेसम्म पुगेपछि कन्सुलर अफिसरले छानिएका ब्यक्तिको योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि कत्तिको योग्य छ त्यो सबै बुझेर निक्यौर्ंल गर्नेछ |