-डिल्ली राम अंमाई
विश्वभरि नै २५६०औँ बुद्ध–जयन्ती सन्निकट पुगेर हेर्दा देशभित्र र बाहिरका नेपालीले बुद्धको जन्मसँग जोडिएको स्थानबारे भारतले फिँजाएको भ्रमको डेटर सामना गरिरहेका छन । उनीहरूले सामाजिक सञ्जालदेखि सडक कार्यक्रमका ब्यानरसम्ममा बुद्ध नेपालको लुम्बिनीमै जन्मिएको प्रचारलाई व्यापक बनाइरहेका छन । बुद्ध भारतमा जन्मिएको भ्रमपूर्ण प्रचारबाजीबाट आहत नेपाली जनताको प्रतिरोधको आफ्नै विशिष्ट महत्वको छ।
निरर्थक विवाद
बुद्धको जन्मस्थानलाई विवादास्पद बनाउने भारतीय चाल पर्दाफास गर्दा बिर्सनै नहुने एउटा पक्ष हो, लुम्बिनी रहेको कपिलवस्तु बुद्धजन्मिएको बेला शाक्य जनपदको राजधानी थियो। आजभन्दा साढे छब्बीस सय वर्षअघि शाक्य वंशको स्वतन्त्र गणराज्यको रूपमा रहेकोकपिलवस्तु नेपालको अंश थिएन, न त भारतकै कुनै भूभाग थियो। त्यतिखेर नेपाल वा भारतको निर्माण, एकीकरण र विस्तारकपिलवस्तुसम्म भइसकेको थिएन। गणराज्यको विनाश, राजतन्त्रहरूको उदय अनि तिनको पनि अन्तर्संघर्षसँगै ब्रिटिस साम्राज्य रनेपालबीचको भूराजनीतिक द्वन्द्व र सम्झौतापछि कपिलवस्तु नेपालको सीमाभित्र परेको हो। कपिलवस्तुको ऐतिहासिक रहेको तथ्यभारतले सहर्ष स्वीकार्न सक्नुपर्छ। इतिहासमा कपिलवस्तुको एक भागको रूपमा रहेको पिपरहवा आफ्नो सिमानाभित्र परेकै आधारमा सिंगोकपिलवस्तुमाथि हकदाबी गर्नु, लुम्बिनी नेपालमा रहेको ऐतिहासिक तथ्यलाई बेवास्ता गर्नु इतिहाससम्मत छैन, न त न्यायोचितै छ। बुद्धनेपालमा जन्मिएको होइन भन्ने भान पार्न अनेक तिकडम र बौद्धिक कसरत गर्नु पनि इतिहास मिच्ने प्रयत्नभन्दा केही हुन सत्तै्कन।सीमा र भूभागको विषय एक ठाउँमा छँदैछ, बुद्धको दर्शन, सिद्धान्त र ज्ञान भने उनी जहाँ जन्मिएका भए पनि महङ्खवपूर्ण छ। तर, तीसबै विषयलाई भने खासै वास्ता गरिएको छैन।
कपिलवस्तु गणराज्य र सङ्घ
इतिहास हेर्दा बुद्धकै कालखण्डमा पनि राजतन्त्रमा फेरिएको कोशल राज्यले कपिलवस्तु गणराज्यको सार्वभौमिकतामाथि अंकुश लगाउनथालेको देखिन्छ। कोशल नरेशको अनुमतिबिना शाक्य वंशको शासक वर्गले कपिलवस्तुका केही सार्वभौमिक अधिकार प्रयोग गर्न नपाउनेअवस्था बनेको थियो। रोमिला थापरका अनुसार कोसल नरेश विडूडभले आफ्नै मामाघरको जनपद : कपिलवस्तुमा भीषण आक्रमण गरीशाक्यहरूको संहार गर्दै गणराज्य नष्ट गरेका थिए, रोहिणी नदीको पानीको बाँडफाँडको निहुँमा। वंश र कुलको गणराज्यबाट समाजराजतन्त्रतिर उन्मुख हुन थालेको बेला कपिल ऋषिको नामबाट बनेको कपिलवस्तु र शाक्य वंशको गणराज्यलाई सखाप पार्ने प्रयास भयो,प्राकृतिक स्रोतमाथि स्वामित्व र प्रयोगको विवादका कारण। बुद्ध, लुम्बिनी र कपिलवस्तुसँग जोडिएको पछिल्लो अदृश्य द्वन्द्वमालुकिरहेका यस्ता कारणलाई बेवास्ता गर्न सकिँदैन।