बिपी स्मृति प्रतिष्ठान बेल्जियमको रक्तदान कार्यक्रम

रक्तदान कार्यक्रम सम्वन्धि जरुरी सूचना

महामानव स्व. विशेश्वर प्रसाद कोईरालाको १०० औ जन्मजयन्तिको अर्थात सत् बार्षिकीको अवसरमा बिपी स्मृति प्रतिष्ठान बेल्जियमले यहि आउदो २८ जूलाई २०१४ सोमबारका दिन रेडक्रस भ्लान्दारेंन (Rode Kruis-Vlaanderen) को सहयोगमा एक रक्तदान कार्यक्रमको आयोजना गरेको हुदा यस पूनित कार्यमा सहभागी भइ रक्तदान गर्नुहुन बेल्जियम स्थित सबै नेपाली संघ-सस्था तथा दाजू-भाई दिदीबहिनीहरुमा बिपी स्मृति प्रतिष्ठान बेल्जियम हार्दिक अनुरोध गर्दछ । रक्तदान जस्तो परोपकारी कार्यमा सहभागी हुन चाहने महानुभावहरुले निम्न लिखित व्यक्तिहरुलाई सम्पर्क गरि नाम टिपाउन अनुरोध गर्दछौ ।

लुभेन:– ईन्द्र क्षेत्री, सीता सापकोटा, माधव सापकोटा, बिष्णु सापकोटा, शान्ति भट्टराई
एन्त्रोपेन:– ध्रुव राज पौडेल, ओम शर्मा, सी. पी. भट्ट, बिजय मल्ल
वेष्ट भ्लान्दरेन :– उल्का घिमिरे, राधाकृष्ण अधिकारी, पूर्ण तिमल्सेना, दीर्घमान श्रेष्ठ
रक्तदान कार्यक्रम हुने स्थान:– Bloedtransfusiecentrum, Herestraat 49/BTC, 3000 Leuven.
मिति:– २८ जुलाई २०१४ सोमबार
समय:– ११:०० बजे देखि १८:०० सम्म
“नोट:– प्रत्येक १० मिनेटमा लुभेन स्टेशन बाट 3, 380, 371, 372, 373, 600 नं को बस Gasthuisberg को लागी छुट्छ ।“
ध्रुबराज पौडेल
संयोजक
बिपी स्मृति प्रतिष्ठान बेल्जियम ।