बिपी शतवार्षिकीको अवसरमा साहित्यिक कार्यक्रमको आयोजना

नेपाली साहित्यका मनोबैज्ञानिक धारका लेखक बिपी कोईरालाको जन्म शताब्दीका अवसरमा  बिपी स्मृति प्रतिष्ठान बेल्जियमले साहित्यक  कार्यक्रमको आयोजना गरेको छ |कार्यक्रम यहि सेप्टेम्वर ८ मा बेल्जियमको अन्त्वेर्पेंनमा हुदैछ |B. P. Koirala

कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नको लागी बिपी प्रतिष्ठान बेल्जियमका अध्यक्ष ध्रुबराज पौडेलको संयोजकत्वमा एक आयोजक समिति समेत गठन गरीएको छ|जसमा दीपेन्द्र के.सी सदस्य सचिव र सदस्यहरुमा बिमल गिरी,पंचम अधिकारी, ईन्द्र क्षेत्री, सीता सापकोटा, ओम शर्मा, राजकुमार पुडासैनी, नन्दराज घले, डिल्लीराम अम्बाई, सुर्य ढकाल, जे बी शेर्पा, हरी श्रेष्ठ, बिष्णु सापकोटा, मोहन खत्री, परमानन्द सापकोटा रहेका छन्|

यस अधि नै बिपी स्मृति प्रतिष्ठान बेल्जियमले कोईरालाको सम्झनामा रक्तदान गरी १०० औ जन्मजयन्ति मनाईसकेको छ|यो प्रतिष्ठान द्वारा आयोजित दोश्रो कार्यक्रम हो|