बिग बोस ८ का प्रतियोगीहरु

भारतीय टेभिजिनको लोकप्रिय रियालिटी शो बिग बोस ८ मा यसपाली २० जना प्रतियोगीहरु हुने भएका छन् | जसमा हास्य अभिनेता देखि हलिउड अभिनेत्रि सम्म रहनेछन् | यसपाली कमेडी नाईट विथ कपिलका गुत्थी यानकी सुनिल ग्रोवर, प्रसिद्ध रोमानियनका मोडेल लुलिया वन्तुर, आफ्नो अश्लिलताले चर्चामा आएकी मोडेल तथा अभिनेत्री पुनम पाण्डे, बलिउडमा ‘ब्याड गर्ल’को नामले चिनिने शिर्लिन चोपडा, बलिउड अभिनेत्री अमिसा पटेल, ब्रिटिश एडल्ट स्टार सोफिया भसीलैदौ, डेली सोप अभिनेत्री दीपिका सिंह, दक्षिण भारतीय चलचित्रकी अभिनेत्री हंसिका मोत्वानी, खत्रो कि खेलाडी ५ को जोडी गुर्मीत र दिबिना रहेका छन् |

साथसाथै मोडेल र अभिनेता रज्नीस डुग्गल, गायक शान, हल्ला बोलका होस्ट करण तेक्रिस, वरिष्ट अभिनेता आलोक नाथ झा, राजनीतिज्ञ कुमार विश्वास, उत्तरणकी अभिनेत्री रश्मि दिसै, उत्तरणकै तिना दत्त, हास्य अभिनेत्री भारती सिंह, अभिनेता करण कुन्द्रा तथा अभिनेता शिनय अहुजा रहेका छन् |

यस रियालिटी शो बिग बोस ८ मा सुपर स्टार सलमान खानले नै होस्ट गर्ने भएका छन् |