बलिउड हिरोइनको क्रिकेटर मोह

deepika padukon cricketतपाइँ निना गुप्तालाई सम्झि नु हुन्छ कि बिर्सिनुभयो ? एक जमानाको हिट फिल्म ‘खलनायक’मा माधुरीका साथ इला अरुणको धोद्रो स्वरमा ‘चोली के पिछे क्या है’ भनेर यिनी नाचेकी थिइन् । र, कुनै वेला ‘सास’ भन्ने टेलिफिल्ममा अभिनय पनि गरेकी थिइन् । अहिले अलि निष्क्रय रहेकी निना अविवाहित हुन् ।  एक छोराकी आमा पनि हुन् । बिहे नगरीकनै जन्मिएका यिनका पुत्रका पिता भने वेस्ट इन्डिजका विख्यात क्रिकेट खेलाडी भिभ रिचड्र्स हुन् ।
बलिउड हिरोइनहरूको क्रिकेटरसँगको सम्बन्ध पहिले पनि हुने गथ्र्यो । अहिले पनि जारी छ । तर, फिल्ममा सानो भूमिकामा देखिने निनाले वास्तविक जीवनमा भने सबैभन्दा ठूलो क्रिकेट स्टारसँग सम्बन्ध बनाएर हिरोइनहरूलाई
माथ खुवाइन् । 
निनाभन्दा अगाडिका हिरोइन पनि क्रिकेटसँग सम्बन्ध बनाउने मामिलामा कम थिएनन् । थुप्रै फिल्म हस्तीसँग सम्बन्ध भएकी नायिका जिनत अमानले गर्न त मजहर खानसँग विवाह गरिन् । तर, पाकिस्तानी क्रिकेटर इमरान खानसँगको उनको सम्बन्धको अहिले पनि चर्चा हुने गर्दछ । पाकिस्तानी क्रिकेटका सबैभन्दा चर्चित खेलाडी एवं अहिलेका राजनीतिज्ञ इमरान र जिनतको प्रेम सम्बन्धका खबरले त्यति वेलाका भारतीय पत्रिकामा प्रशस्त स्थान पाएका थिए ।
जिनत र निनाको भन्दा फरक तरिकाले शर्मिला टैगोर पनि क्रिकेटसँग जोडिइन् । सत्यजित रेले फिल्ममा ल्याएका बंगाली टैगोर लखनउका पूर्वनवाव मन्सुर अली खान पटौदीसँग नजिकिइन् । भारतीय क्रिकेट टिमका पूर्वकप्तान पटौदीसँग शर्मिलाको विवाह भयो । अहिलेका बलिउड स्टार सैफअली खान यी दुईका पुत्र हुन् । अहिले मिडियामा कलाकारका सम्बन्धको व्यापक चर्चा हुने गरे पनि पहिलेका कलाकार पनि कम थिएनन् भन्ने उदाहरण यी नायिकाको सम्बन्धबाट प्रस्ट हुन्छ ।
महेन्द्रसिंह धोनी र दीपिका पादुकोणको प्रेमसम्बन्ध केही वर्षअघि भारतीय मिडियामा सबैभन्दा बढी चर्चाको विषय बन्यो । त्यतिखेर भर्खरै भारतीय क्रिकेट टिमका कप्तान भएका धोनी र शाहरुख खानको नयाँ फिल्म ‘ओम शान्ति ओम’की नायिका दीपिकाको सम्बन्ध तब चर्चामा आयो जब धोनीको निम्तोमा दीपिका ट्वान्टी-क्रिकेट म्याच हेर्न गएको हल्ला चल्यो । त्यसअघि भने धोनीको नाम अर्की नायिका पि्रयंका चोपडासँग जोडिने गरेको थियो ।
तर, सबै सम्बन्ध सधँै सुमधुर रहँदैनन् । युवराज सिंह र नायिका किम शर्माबीचको सम्बन्ध समाप्त भयो । अभिनेत्रीका रूपमा खासै सफलता नपाए पनि युवराजकी प्रेमिकाका रूपमा किमको निकै चर्चा हुने गरेको थियो । पछि, युवराजले किम ‘बढी माग्ने’ खाले भएकी भन्दै उनीसँगको सम्बन्ध तोडे । उता, अर्का क्रिकेट स्टार श्रीसन्थको पनि एक दक्षिण भारतीय नायिकासँगको सम्बन्ध चर्चामा थियो ।
४४ काटिसकेका बलिउड स्टार सलमान खानकी कुनै वेलाकी प्रेमिका संगीता बिजलानीले पछि ‘अर्कै’ रोजिन् र विवाह गरिन् । ती थिए, त्यस वेलाका भारतीय क्रिकेट टिमका कप्तान मोहम्मद अजरुद्दिन । अजहरुद्दिनपछि म्याच फिक्सिङको आरोपमा टिमबाट हटाइए । तर, संगीतालाई उनीबाट कसैले पनि हटाउन सकेन ।
भारतका सबैभन्दा सफल क्रिकेट कप्तान सौरभ गांगुलीको नाम पनि पछिसम्म एउटी नायिकासँग जोडियो । ती थिइन्, बलिउडमा पनि केही फिल्म गरेकी दक्षिण भारतीय अभिनेत्री नगमा । एक समय नगमासँगको सम्बन्धकै कारण झन्डै घर भाँडिएका सौरभले यस विषयमा कहिल्यै पनि सार्वजनिक रूपमा बोलेनन्, न नगमा नै बोलिन् ।
खेलमा सफल/असफल जे भए पनि श्रेणीअनुसार पाइने वाषिर्क रकम, म्याचको पारिश्रमिक र विज्ञापनबाट हात पर्ने रकमले गर्दा क्रिकेट स्टारहरूको आर्थिक हैसियत अहिले झन् बढ्दो छ । अझै कतिपय राज्यले त आप\mनो क्षेत्रका खेलाडीलाई घर, जग्गा वा गाडी पनि दिने गरेका छन् । यी सबै कारणले आर्थिक हिसाबले क्रिकेट खेलाडी सुरक्षित हुन्छन् । स्टार त अवश्य नै हुन् । भारतमा नायिकाको कमाउने समय धेरै लामो हुँदैन । बढीमा दश वर्ष एउटी नायिकाले नायिकाको भूमिका पाउँछन् । यिनको तुलनामा क्रिकेट स्टारको कमाउने समय र मात्रा पनि निकै बढी हुन्छ । सायद यसै कारण हो कि नायिका क्रिकेटरलाई दिल दिन हरदम तयार रहने ?

  • Post category:Reports