उपचार सफल, मनिषा फर्किने

Manisha-Koiralaबलिउड स्टार मनिषा कोइराला अमेरिकाको न्यूर्योकबाट उपचार सफलतापूर्वक सम्पन्न गरी जुन- जुलाई महिनासम्ममा भारत फर्किने अपेक्षा गरिएको छ । गर्भाशय क्यान्सरको सफल शल्यक्रियापछि न्यूर्योकमा रहेर स्वास्थ्यको हेरचाह गराइरहेकी मनिषा जुलाईसम्ममा न्यूर्योकबाट फर्किन सक्ने जानकारी मनिषाका म्यानेजर सुब्रतो घोषले दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मनिषाको स्वास्थ्यमा सुधार भईरहेको जनाउँदै म्यानेजर घोषले उनी अव लगभग ठीक भएको बताएका छन् । तथापी घोषले न्यूर्योकबाट फिर्ता हुने मितिका विषयमा अन्तिम निर्णय भने नलिईसकेको बताएका छन् । यस विषयमा अगाडिको निर्णय भने मनिषाको स्वास्थ्यमा नै भरपर्ने घोषले जनाएका छन् ।

मनिषाको सन् २०१२ को डिसेम्बरमा न्यूर्योकको एक अस्पतालमा पाठेघरको शल्यक्रिया गरिएको थियो । अहिले उनी न्यूर्योकमा किमोथेरापी गराईरहेकी छिन् ।

पुरै सन्चो भएपछि फिल्म क्षेत्रमा सक्रिय हुने पनि उनले बताएकी छिन् । बलिउड हङ्गामा डटकमका अनुसार कोइराला घर फर्केपछि सबैभन्दा पहिले दिप्ती नवलद्वारा निर्देशित र उनैले बनाएकी फिल्म ‘दो पैसेकी धुप चार आनेकी वारिश’ रिलिज गर्ने तयारी गरिरहेकी छिन् ।

  • Post category:Reports