बलिउड कै सबैभन्दा खर्चिलो गीत

dhoom 3 malang songएक गीतको गीति भिडियो तयार पार्न करिब ५ करोड भारु खर्च भएको छ । बलिउडमा आफ्नो ‘लुक’ र अभिनयमा नयाँ–नयाँ प्रयोग गर्ने अभिनेता आमिर खानको आगामी फिल्म ‘धुम–३’को गीत ‘मलंग’ बलिउडकै सबैभन्दा खर्चिलो गीत बनेको हो । मिस्टर परफेक्सनिस्टको उपनामले समेत परिचित आमिरको ‘धुम–३’को उक्त गीतको लागत करिब ५ करोड भारु रहेको ‘जी न्यूज’ले जनाएको छ ।
गीतमा आमिर र अभिनेत्री कट्रिना कैफ रिंगमा झुलेको देखिन्छन् । यसका लागि आमिर–कैट दुबैले निकै ‘ट्रेनिङ’ गरेका थिए । ‘धुम–३’ आगामी डिसेम्बर २० तारिखका दिन रिलिज हुँदैछ ।