दीपिका हलिउड फिल्म ‘फास्ट एन्ड फ्युरियस’ मा

बलिउड नायिका दीपिका पादुकोणले हलिउड फिल्ममा अभिनय गर्ने भएकी छिन्। तर फिल्ममा उनले छोटो भूमिका मात्रै पाउने भएकी छिन्।

deepika-padukone‘फास्ट एन्ड फ्युरियस’ नामक फिल्ममा उनले छोटो तर दमदार अभनय गर्ने बताइएको छ। उनले हर हालतमा यो अवसर नगुमाउने भारतीय सञ्चारमाध्यमलाई बताएकी छिन्। ‘यो मौका म छोड्दिनँ। बीचमा मलाई रामलीलाको काम गर्नु थियो। तर म यो फिल्म छोड्न सक्दिनँ’, दीपिकाले भनेकी छिन्– ‘एउटा हलिउड फिल्ममा काम गर्ने मेरो इच्छा हो। त्यो पनि बलिउडकै लागि हुनेछ।