बलिउडका सर्वाधिक कमाउने १० नायक नायिका

नाम र दाम दुबै मज्जाले कमिन्छ, बलिउड फिल्म इन्डस्ट्रिमा सफल बन्दा । उनीहरु सेलिब्रेटी त बनीहाले आर्थिक हिसाबले पनि राम्रै आम्दानी छ। यस वर्ष सबैभन्दा बढी कमाउने दश नायिका र नायकहरु यस्ता छन् ।

SRK Deepikaशाहरुख खान
बलिउडमा किङ अफ रोमान्स भनेर चिनिने नायक शाहरुख खान धनका लागि बलिउड नायकको अग्रपंक्तिमा छन्। उनी विश्व मै धेरै कमाउने फिल्मी कलाकारको सूचिमा टप टेनमा छन् । सन् १९६५ मा नयाँदिल्लीमा जन्मिएका यी नायक ५८ अर्ब ८० करोड मुल्य बराबरको सम्पत्तिका मालिक हुँन्।

अजय देवगन
बढीजसो बोल्ड र प्रहरीको भूमिकामा देखिने बलिउड नायक अजय देवगन धनी नायकका हिसाबमा छैठौं स्थानमा छन्। सन् १९६९ अप्रिल २ तारिखमा नयाँ दिल्लीमा जन्मिएका उनीसँग २ अर्ब ९४ करोड बराबरको सम्पत्ति छ।

अक्षय कुमार
धनी नायकका हिसाबले तीन खानपछि चौथो नम्बरमा परेका अक्षयकुमार १९६७ सेप्टेम्बर ९ तारिखमा अमृतसरमा जन्मिएका थिए। उनीसँग हाल ६ अर्ब ३७ करोड बराबरको सम्पत्ति रहेको विश्वास गरिएको छ।

आमिर खान
सिर्जनात्मक नायकका रूपमा परिचित आमिर खान सन् १९६५ मार्च १४ तारिखमा मुम्बईमा जन्मिएका थिए। उनी शाहरुखलाई पछ्याउँदै १६ अर्ब ६४ करोड बराबर सम्पत्तिको मालिक रहेका छन्।

सलमान खान
चर्चित खान नायकमध्येका सलमान दुई खानलाई पछ्याउँदै सम्पत्तिका हिसाबले तेस्रो नम्बरमा छन्। सन् १९६५ सेप्टेम्बर २७ तारिखमा इन्दौरमा जन्मिएका यी नायक ९ अर्ब ८० करोड नेपाली रुपियाँ बराबर सम्पत्तिको मालिक छन्।

ऋतिक रोशन
नृत्य कौशलका कारण चर्चामा रहने गरेका ऋतिक रोशनलाई सुन्दर नायकका रूपमा पनि लिने गरिन्छ। सन् १९७४ जनवरी १० तारिखमा मुम्बईमा जन्मिएका उनी पनि २ अर्ब ९४ करोड बराबरका मालिक हुँन्।

रणवीर कपुर
बलिउडका धनी नायकको सूचीको परेका छन्- नायक रणवीर कपुर पनि। सन् १९८२ सेप्टेम्बर ८ तारिखमा मुम्बईमा जन्मिएका उनी हाल २ अर्ब ४५ करोड बराबरका सम्पत्तिका मालिक छन्।

सञ्जय दत्त
फ्यानले माया गरेर सञ्जु बाबा भन्ने गरिएका सञ्जय दत्त सन् १९५९ जुलाई २९ मा मुम्बईमा जन्मिएका उनी पनि हाल २ अर्ब ९४ करोड बराबरको सम्पत्तिका मालिक छन्।

अमिताभ वच्चन
द लिजेन्ड अफ बलिउडका रूपमा चिनिने बलिउड बिग बी अभिताभ वच्चन सन् १९४२ अक्टोबर ११ तारिखमा अलाहवादमा जन्मिएका थिए। वृद्ध उमेरसम्म पनि उत्तिकै लोकप्रिय अमिताभ ४ अर्ब ९० करोड बराबरको सम्पत्तिका मालिक हुन्।

सैफ अलि खान
खान नायकमध्ये सैफ अलि खान पनि एक हुन्। सन् १९७० अगस्ट १६ तारिखमा नयाँ दिल्लीमा जन्मिएका यी नायकलाई बलिउडमा नबाब नायकका रूपमा लिने गरिएको छ। उनको पनि नेट वर्थ २ अर्ब ९४ करोड रहेको जनाइएको छ।

दीपिका पादुकोण
दीपिका पादुकोण बलिउडकी लोकप्रिय नायिका मात्रै नभई कमाइका हिसाबले समेत १ नम्बर ठहरिएकी छिन्। सन् १९८६ जनवरी ५ तारिखमा डेनमार्कको कोपनहेगनमा जन्मिएकी २७ वर्षीया यी नायिकाको नेट वर्थ नेपाली मुद्राअनुसार १ अर्ब ४७ करोड बराबर छ।

सोनाक्षी सिन्हा
१९८७ जुन २ तारिखमा पटनाबाट यस धर्तीमा पाइला टेकेकी बलिउड बाला सोनाक्षी सिन्हासँग ३४ करोड ३० लाख बराबरको सम्पत्ति छ।

कट्रिना कैफ
सलमान खानसँगको प्रेम सम्बन्धका कारणसमेत चर्चामा आएकी हङकङमा जन्मिएकी यी ३० वर्षे नायिका धनको हिसाबले बलिउडमै दोस्रो नायिका हुँन्। बलिउडका धनी नायिकामध्येमा दोस्रो नम्बरमा परेकी उनीसँग ४९ करोड बराबरको सम्पत्ति छ।

कंगना रनावत
बलिउडमा सुन्दरी नायिकाका रूपमा चिनिने कंगना रनावत सन् १९८७ मार्च २३ तारिखमा भारतको मन्डी जिल्लामा जन्मिएकी हुँन्। उनको पनि कुल सम्पत्ति २९ करोड ४० लाख बराबर नै छ।

विपासा वासु
हिन्दीका साथै तमिल, तेलुगुलगायतका फिल्ममा पनि काम गर्दै आएकी ३५ वर्षीया विपासा वासु बलिउडको ५औं धनी नायिका हुँन्। नयाँ दिल्लीमा जन्मिएकी उनको कुल सम्पत्ति ७८ करोड ४० लाख बराबर छ।

अनुष्का शर्मा
बलिउडकी अर्की चर्चित र धनी नायिका अनुष्का शर्मा सन् १९८८ जनवरी १ तारिखमा भारतको बेंग्लोरमा जन्मिएकी थिइन्। २५ वर्षीया यी नायिकासँग ६८ करोड ६० लाख बराबरको सम्पत्ति छ।

सोनम कपुर
फेसनेवल सेलिब्रेटीका रूपमा चिनिने सोनम कपुर सन् १९८५ जुन ९ तारिखमा भारतको महाराष्ट्रमा जन्मिएकी २८ वर्षीया यी नायिका २९ करोड ४० लाख बराबरको सम्पत्तिको मालिक्नी हुँन्।

करिना कपुर
सन् १९८० सेप्टेम्बर २१ तारिखमा भारतको मुम्बईमा जन्मिएकी करिना कपुर बलिउडमा सफल नायिकाका रूपमा दरिएकी छिन्। उनको कुल सम्पत्ति ९८ करोड बराबर छ।

प्रियंका चोपडा
सन् १९८२ मा जन्मिएकी नायिका प्रियंका चोपडाको चर्चा अहिले नेपालमा चुलिएको छ। भारतको जम्सेदपुरमा १९८२ जुलाई १८ मा जन्मिएकी यी नायिकाको नेपालमा चर्चा हुनुको अरु बेला जे कारण भए पनि अहिले भने नेपालका अभिनेता सुनील थापासँग उनले मेरी कोममा गरेको अभिनय हो। प्रियंकासँग कुल ७८ करोड ४० लाख बराबरको सम्पत्ति छ।