बर्लिनको सडक महोत्सव प्रतियोगितामा नेपाल पाँचौं

जर्मनीको राजधानी बर्लिनमा सम्पन्न ‘कार्नेभाल डेर कुल्टुर’ नामक सांस्कृतिक सडक महोत्सवमा भाग लिएका बिश्वका ८० देशमध्ये नेपाल पाँचौं स्थानमा रहन सफल भएको छ । सहभागीमध्येका ७५ वटा देशलाई उछिनेर नेपालले यसपाली आफुलाई पाँचौ स्थानमा पार्न सफल भएको हो । महोत्सव चलिरहेको सडकमा दिनभरि नै नेपाली कलालाई प्रवद्र्धन गर्नका लागि आँखिभ्mयाल लगायतका बिभिन्न नेपाली झ्याल र काठका मुर्तीहरु राखेर नेपाल घरको रुपमा सजाइएको एक ट्रक बिस्तारै सडकमा गुडिरहेको देखिन्थ्योे भने ट्रकको अघिपछि नेपाली टोलीले आफ्नो प्रस्तुती गरिरहेका थिए । ट्रक भित्र अन्य देवी देवताको साथै बुध्दको मुर्ती राखेर सजाईएको थियो । सडक महोत्सवमा जर्मनी भरीबाट सात लाख भन्दा बढी मानिसको सहभागिता थियो । गत वर्ष आयोजना गरिएको कार्नेभाल डेर कुल्टुर कार्यक्रममा हिन्दु र वौध्द धर्म तथा नेपाली संस्कृति झल्काउने गाईजात्रा र नेपाली नृत्यहरुको प्रस्तुतीबाट नेपाली टोलीले दशौं स्थान प्राप्त गरेको थियो । तर यसपाली पाचौं स्थान प्राप्त गर्न सफल भएकोमा आयोजकहरु निकै खुशी देखिन्छन् ।

बर्लिनको सडक महोत्सवमा नेपालहरेक देशका सहभागिहरुले आप्mनो संस्कृती, संगित, भेष भुषा, रहनसहन र समग्र समाजलाई कुनै न कुनै रुपमा समेटी प्रस्तुती गर्नुपर्ने चलन अनुसार यसपालीको कार्नेभाल डेर कुल्टुर महोत्सवमा नेपालको तर्फवाट ‘युनिटी इन डाइभर्सिटी अफ नेपाल’ अर्थात ‘नेपालको विविधतामा एकता’ शीर्षक राखेर आप्mनो प्रस्तुती गरिएको थियो । नेपाली प्रस्तुतीका लागि कार्यक्रम संयोजक रहेका युनिभर्सिटी अफ बर्लिनमा मेडीसिन अध्ययन गरिरहेका बिज्ञान महत भन्छन्, ‘नेपालको भौगोलिक र सांस्कृतिक विविधतालाई विश्व सामु चिनाउन र नेपालको विभिन्न क्षेत्रमा विभिन्न किसिमका सांस्कृतिक हेरिटेज यात्राको रुपमा पर्यटन गर्न सकिन्छ भनेर विदेशीहरुलाई जानकारी दिनु प्रस्तुतीको प्रमुख उद्देश्य थियो ।’ साथै विभिन्न जातजाती र समुदायहरुका बीचमा एकता र आपसी सदभाव रहदै आएको हाम्रो नेपाली समाजको पुर्नसंरचना गर्दा समानताका आधारमा एकता कायम राखिराख्न निकै आवश्यक छ भन्ने सन्देश दिनु पनिे प्रस्तुतीको अर्को उद्देश्य रहेको उनले बताए ।

गत वर्ष र यसपालीको प्रस्तुतीको कोरियोग्राफी तयार पार्ने लुजना श्रेष्ठ भन्छिन्, ‘नेपालका विभिन्न क्षेत्रका विभिन्न संस्कृतिहरु, हिमालमा शेर्पा, थकाली, गुरुङ, पहाडमा दलित क्षेत्री ब्राह्मण, राई, लिम्वु, तामाङ, मगर र मिथिला भोजपुरी थारु लगायतका जात जातीहरु रहेको तराइ अनि नेवारहरु रहेको काठमाडौं उपत्यका सबैको प्रतिनिधित्व गरेर हामीले नेपाली सामुहिकता र विविधतामा एकताको सांकेतिक प्रस्तुती गरेका हौं ।’ बर्लिनको मौसमले कार्यक्रमको दिनमा ३० डीग्री तापक्रम कायम गरेर रिकर्ड नै राखेको भएपनि त्यस्तो टन्टलापुर घामको समेत ख्याल नगरेर नेपाली सहभागीहरुले दिनभरी सडकमा सक्रियताका साथ आप्mनो प्रस्तुती जारी राखेका थिए । आयोजक कमिटीका अर्का सदस्य तथा एनआरएनए बर्लीन च्याप्टरका सचिव राजेश सुनारका अनुसार प्रस्तुतीको तयारी गर्नका लागि मुख्य टोलीलाई दशै, तिहार, देवीदेवता हिमाली, पहाडी, तराई, विविधता र भोलुन्टेयरर्स नामका आठवटा सहटोलीमा विभाजित गरेर आ–आप्mनो कामको जिम्मा दिईएको थियो । देवी देवताको प्रस्तुतीका लागि काली, भैरव, लक्ष्मी, नेपालीकी जीवित देवी अर्थात कुमारी, लाखे र जोगीको रुप धारण गरेर प्रस्तुती गरिएको थियो भने हिमाल पहाड र तराईको प्रतिनिधित्व गर्नेहरुले क्षेत्र अनुसारको पहिरनमा आ–आप्mनो नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै नेपाली विविधताको सांकेतिक प्रस्तुतीका लागि सबै जातजाती समुदाय र धर्म अनुसारका भेष भुषामा सजिएका नेपालीहरुको गोलाकार बनाएर बिभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रम तयारीका लागि नेपाली दुतावास बर्लिन र एनआरएनए जर्मनीले प्रत्यक्ष रुपमा सहयोगीको भुमिका खेलेका थिए । कार्यक्रमका सवै सहभागिहरु दौरा सुरुवाल, धोती,फरिया चोली बख्खु आदी बिभिन्न थरि पोसाकमा उपस्थित थिए र उनीहरु सवैको एउटै सन्देश ‘हामी सवै नेपाली नै हौं’ भन्ने थियो ।