एनआरएनए अमेरिकाको अध्यक्षमा खगेन्द्र क्षेत्री निर्वाचित|

न्यूयोर्क,    गैर-आवासीय नेपाली संघ अमेरिकाको अध्यक्षमा खगेन्द्र क्षेत्री निर्वाचित भएका छन्|आईतवार सम्पन्न मतगणनामा प्रत्यासी शिवकुमार राई र बिष्णुहरी देउरालीलाई भारी मतको अन्तरले हराउदै उनि निर्वाचित भएका हुन|1.jpg

२२ सदस्यीय कार्यसमिति रहने संघको २ बर्षे कार्यकालको लागी लोक तिवारी,बनिता कलिता र श्री पराजुली उपाध्यक्ष,कृष्ण पोखरेल महासचिब,दिल श्रेष्ठ सचिव,बेदराज बस्नेत कोषाध्यक्ष,सन्जिब श्रेष्ठ सह-कोषध्यक्ष र सदस्यहरुमा राधा पौडेल,बिष्णुमान प्रधान,बैगुण्ठ खनाल,धर्म भट्टराई,लक्ष्मी बजगाईं,सरोज श्रेष्ठ,बलराम थापा,उमा थापा,वर्षा मोक्तान निर्वाचित भएका छन्|यसै गरी नबिन शेरचन,बिनोद शाह र राजा घले आसीसी सदस्यमा निर्वाचित भएका छन्।

कानुन क्षेत्रमा कार्यरत खत्रीले निर्वाचित भए लगत्तै अमेरिकामा बसोवास सम्पूर्ण नेपालीहरुको हित र सम्मानको निम्ति काम गर्ने बताउदै निकट भविष्यमा उद्वार कोषको गठन गर्ने प्रतिबद्वता जाहेर गरे|

संघ स्थापना भएको ११ बर्ष पछी नेतृत्वको छनौटको लागी पहिलो पटक निर्वाचन थियो|झन्डै ४ हजार सदस्य रहेको यस संघमा २२ जना सदस्यको निर्वाचनको लागी ५० जना उम्मेदवार रहेका थिए|निर्वाचन ४ जुन देखि १३ जुन सम्ममा सम्पन्न भएको थियो|