बकर इद मनाइयो

मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद सोमबार नमाज पढी चौपायालाई कुर्बानी अर्थात् बलि दिएर मनाएका छन् । सोमबार बिहानै स्नान गरी इदगाह वा मस्जिदमा गएका मुस्लिम समुदायका भक्तहरुले नमाज पढेपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना आदानप्रदान गरेका थिए ।
नमाज पढेपछि मुस्लिम धर्म ग्रन्थ कुरानअनुसार खसीबोका, बाख्रा आदि चौपायाको बलि अर्थात् कुर्बानी दिएका छन् ।इब्राहिमले सपनामा आफ्नो छोरा इस माइललाई अल्लाहको आदेशानुसार बलि दिन जङ्गलमा लगेको र छोरालाई बलिमा चढाउन लागेपछि फेरि अल्लाहले इस माइलको स्थानमा भेडाको थुम्बालाई राखिदिए पछी जनावरको बली (कुवार्नी) दिने चलन चलिआएको छ ।bakar

कुर्बानी दिएको मासु तीन भाग लगाई पहिलो भाग परिवारलाई, दोस्रो भाग इष्टमित्रलाई र तेस्रो भाग गरिब दीनदुःखीलाई छुट्याउने परम्परा रहेको छ ।मुस्लिम समुदायको बकर इदको अवसरमा सोमबार सरकारले सार्वजनिक बिदासमेत दिएको छ । सोमबार सुरु भई तीन दिनसम्म चल्ने मुसलमानहरुको मुख्य चाडका रुपमा रहेको इद उल फित्रको अवसरमा मुसलमानहरुले बिहान नुहाएर नमाज पढ्ने, सेवई खाएर गुलियो मुख बनाई दिउसोको समयमा खसी, बाख्रालगायतका पशुको कुर्बानी (बलि) दिएका छन् । बलि दिएपछि साथीभाइ एवम् आफन्तजन बीचमा गला मिलाएर एकअर्कालाई इदको शुभकामना आदानप्रदान गरेका छन ।

प्रधानमन्त्री सुशील कोइरालाले मुसलमान धर्मावलम्बीको महान् चाड बकर इदकाभ अवसरमा स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्ममा आस्था राख्ने समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्रीले दिएको शुभकामना सन्देशमा नेपाल अनेक भाषा, धर्म, संस्कृति, वेशभूषा र परम्परा भएका विभिन्न जातजातिको साझा फूलबारी भएको उल्लेख गर्दै हरेक नेपालीमा निहित सहिष्णुता, सहनशीलता र  मिलनसारिताले एकापसमा सौहार्द सम्बन्ध विकसित गरेको र यसले नेपालको राष्टिूयतालाई सबल बनाएको बताएका छन  ।