फ्लान्डर्स अन्तराष्ट्रिय व्यापारिक मेलामा नेपाली पहिचान

यहि सेप्टेम्बर १४ देखि २२ सम्म बेल्जियमको गेण्टमा हुने संसारभरका व्यवसायिक कम्पनीहरुको व्यापारिक प्रदर्शनीमा नेपाल नेपाल कन्टी अफ अनरको रुपमा सहभागी हुदै छ । ६० भन्दा बढि देश र ४०० भन्दा बढि कम्पनीहरु सहभागी हुने यस व्यापारिक मेलामा एक लाख भन्दा बढि उपभोक्ता र आगन्तुकहरु उपस्थित रहने छन् ।

६८ औं फ्लान्डस् अन्तराष्टिय व्यापारिक मेलामा नेपालले आफ्नो विशिष्ट पहिचान, गित संगित, भेषभुषा, नेपाली खानाका परिकारहरु, नेपालमा उत्पादित वस्तुहरुको प्रदर्शन गर्ने तयारी गरिरहेको छ । मेलाको उद्घाटन समारोहमा विशिष्ट अतिथीको रुपमा नेपाल सरकारका अर्थमन्त्री शंकर कोइराला र नेपाल उद्योग वाणिज्य महासँघको प्रतिनिधी मण्डल सहभागी हुने कार्यक्रम संयोजक अर्जुन कुमार श्रेष्ठले जानकारी दिए ।

ACCENTAनेपाल उद्योग वाणिज्य महासंघका अनुसार २८ जना व्यापारीहरु नेपालबाट विभिन्न सामाग्री सहित यस मेलामा सहभागी हुने छन् भने बेल्जियममा व्यवसाय गरिरहेका गैर आवासीय नेपालीहरु पनि आफ्नो व्यवसाय प्रवद्र्धनका लागि मेलामा सहभागी हुने कुरा व्यवसायी संघ बेल्जियमका अध्यक्ष हरि कुमार शर्माले जानकारी गराएका छन् ।
नेपाल प्याभिलियन भित्र हुने ३० वटा स्टल मध्ये अधिकाँस वुक भैसकेका र वाँकि स्टलहरु पनि व्यवसायिक रुपमा लिन चाहनेहरुलाई यथाशिघ्र संपर्क गर्न आयोजक समितिले आव्ह्रान गरेको छ । नेपाली सवै कलासंस्कृतिको प्रदर्शनीका लागि उपलब्ध भएका सवै समुदायको भेषभुषा, झाँकी तथा कला संस्कृति झल्किने खालका कार्यक्रम प्रदर्शन गरिन लागेको युरो नेपाल कलाकार संघका अध्यक्ष तथा साँस्कृतिक कार्यक्रम संयोजक पदम गुरुगंले बताए ।
साथै बेल्जियममा रहेका सवै नेपाली संघसंस्था तथा बेल्जियममा रहेका नेपाली मैत्री संघसस्थाहरुलाई समेत कार्यक्रममा सहयोग गर्न तथा अतिथिको रुपमा उपस्थित हुनका लागि पत्राचार गरिएको अन्तरसंस्था समन्वय संयोजक जानकी गुरुगंले बतााइन ।
नेपालको पर्यटन प्रवद्र्धन गर्न टेवा पुग्ने गरि बेल्जियमको लोकप्रिय टिभी च्यानल भिआरटी एन ले नेपालका प्रसिद्ध पर्यटकिय गन्तव्यहरुको बारेमा तयार गरेको वृतचित्र ७ सेप्टेम्बर १७.१५ मा, ८ सेप्टेम्बर १८.१० मा, १४ सेप्टेम्बर १७.१५ मा र १५ सेप्टेम्बर १८.१० मा प्रशारण गर्ने भएको छ ।
– ओम शर्मा