लुभेनको विश्वविद्यालयले स्नातक तहमा अँग्रेजीमा कोर्स शुरू

KU leuvenबेल्जियममा लुभेनको क्याथोलिक विश्वविद्यालयले स्नातक तहका लागि अँग्रेजीमा ‘बिजनेस म्यानेजमन्ट-मार्केटिङ’ कोर्स शुरू गरेको छ ।
यसअघि बेल्जियमका सरकारी विश्वविद्यालयहरूमा स्नातकोत्तर तहमा थुप्रै कोर्स अँग्रेजीमा भएता पनि स्नातक तहका लागि असुविधा थियो । जसले गर्दा नेपालबाट १२ कक्षा पास गरेर आएका विद्यार्थीहरूका निम्ति असुविधा थियो । सस्तो र सुविधासम्पन्न सरकारी कलेजमा भाषिक समस्या र प्राइभेट कलेजहरू महँगो हुँदा ती नेपाली विद्यार्थीहरू यु. के. जान बाध्य हुन्थे । बेल्जियमको तुलनामा यु. के. का कलेज अत्यधीक महँगा छन् ।
स्मरणिय छ, लुभेनको क्याथोलिक विश्वविद्यालय विश्वका उत्कृष्ट विश्वविद्यालयका रूपमा सूचिकृत छ । विश्वविद्यालय सहर लुभेन नेपालीहरूको बस्ती घना भएको नगरपालिका हो ।