गैर आवशीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद अमेरिकाले स्वास्थ्य उपचारको क्रममा न्युयोर्कमा रहनु भएका प्रधानमन्त्री सुशील कोइरालालाई भेटी प्रवाशी नेपालीहरुको साझा माग नेपाली नागरिकताको निरन्तरतालाई जोड दिएको छ । एनआरएन अमेरिकाको प्रतिनिधि मण्डलले प्रधानमन्त्री सुशील कोइरालालाई उहाँ बस्नु भएको राष्ट्रसंघका लागि नेपाली मिशनको आवाशीय भवनमा बिहिबार भेटी ज्ञापन पत्र बुझाउने क्रममा एक पटकको नेपाली सधैंको नेपाली र दोहोरो कर प्रणालीको सम्बन्धमा नीतिगत निर्णय लिन आग्रह गरेको हो ।
एनआरएन अमेरिकाका अध्यक्ष खगेन्द्र क्षेत्रीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अब बन्ने संबिधानमा एक पटकको नेपाली सधैंको नेपाली हुने संबैधानिक ब्यबस्था गर्न नेपाल सरकार समक्ष आग्रह गरेको हो । प्रतिनिधि मण्डलले बुझाएको ज्ञापन पत्रको जवाफमा प्रधानमन्त्री कोइरालाले दोहोरो कर प्रणालीको सम्बन्धमा स्वास्थ्य उपचार सकेर स्वदेश फर्किने बित्तिकै क्याबिनेट बैठक डाकेर नीतिगत निर्णय लिने र अब बन्ने संबिधानमा एक पटकको नेपाली सधैंको नेपाली हुने संबैधानिक ब्यबस्था गर्न आफुले सक्ने पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
ज्ञापन पत्र एनआरएन अमेरिकाका महासचिब कृष्ण पोख्रेलले पढेर सुनाएका थिए भने प्रतिनिधि मण्डलमा गैर आवशीय नेपाली संघ अन्तराष्ट्रियसमन्यव परिषदका सदश्य नबिन सेरचन र सोनाम लामा समेत सहभागी रहेका थिए । भेटमा गैर आवशीय नेपाली संघ राष्ट्रिय समन्यव परिषदका अध्यक्ष खगेन्द्र क्षेत्रीले प्रधानमन्त्री सुशील कोइरालाको सिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।