बुद्धिप्रकाश वलीको अध्यक्षतामा जनसम्पर्क समिति क्यानडा गठन

नेपाली काँग्रेसको भातृ संस्थाको रुपमा काम गर्ने गरी क्यानडामा रहेका नेपालीको पहलमा जनसम्पर्क समिति क्यानडा गठन गरिएको छ।

बुद्धिप्रकाश वलीको अध्यक्षतामा गठन गरिएको समितिमा १९ सदस्यीय रहेको छ। समितिका वरिष्ठ उपसभापतिमा भाष्करकुमार रेग्मी, उपसभापतिमा सुरेन्द्र खड्का र देवेन्द्र सुवेदी, महामन्त्रीमा बाबुराम लामिछाने, सहमहामन्त्रीमा राजु थापा, कोषाध्यक्षमा अनिल महत र प्रवक्तामा केशवप्रसाद सापकोटा चुनिनुभएको जनसम्पर्क समिति क्यानडाद्वारा शुक्रबार प्रेसित विज्ञप्तिमा जनाइएको छ।

नेपाली काँगे्रसको सिद्धान्त, आदर्श एवम् मूल्यमान्यतालाई आत्मसात् गर्न क्यानडामा बसोबास गर्ने गैरआवासीय नेपालीलाई सङ्गठित गर्न यस संस्थाको स्थापना गरिएको हो।

क्यानडामा रहेका विभिन्न नेपाली समुदायका बीचमा भेला, अन्तरक्रिया र सामूहिक छलफल गरी निर्माण गरिएको यो समितिले नेपाली काँग्रेस केन्द्रीय कार्यालयबाट आबद्धता प्राप्त गरी क्यानेडियन फेडेरल कानुनअन्तर्गत दर्ता गरी काम गरिरहेको समितिका महामन्त्री लामिछानेले जानकारी दिनुभयो।

यसका अतिरिक्त विधान निर्माण र कार्यान्वयन, विभिन्न विद्युतीय माध्यमबाट गतिविधि सम्प्रेषण र संविधानसभा निर्वाचनमा नेपाली काँग्रेस केन्द्रीय कार्यालयलाई आर्थिक सहयोग, स्थानीयरुपमा भेला तथा अन्तरक्रिया सम्पन्न गरिएको समितिका प्रवक्ता सापकोटाले बताउनुभयो।

सो समितिको सल्लाहकारमा डा गोविन्दसिंह रावत, प्रकाश ज्ञवाली, रामप्रसाद पौडेल र केदार बस्नेत चयन हुनुभएको छ।

– See more at: http://www.hamrakura.com/157095.html#sthash.haLf58GQ.dpuf