प्रहरी नायब निरीक्षक पक्राउ

श्रीमती सङ्गीता थापा पाण्डे शनिबार मृत अवस्थामा फेला परेपछि प्रहरी नायब निरीक्षक रहेका उनका श्रीमान् युवराज पाण्डेलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका खुसिँबु डेरा गरी बस्ने गोर्खा फुजेल–१ घर भएकी २७ वर्षीया थापा शनिबार बिहान ढोका ढक्ढकाउँदासमेत नउठेको भन्ने जानकारीका आधारमा महानगरीय वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको रोहवरमा ढोका फोरेको थियो ।

ढोका फोरी हेर्दा कोठाको खाटमा ब्लाङ्केट ओडेका अवस्थामा नाक र मुखबाट फिँज आई मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

अञ्चल प्रहरी कार्यालय लुम्बिनी दरबन्दी भई इलाका प्रहरी कार्यालय बेथरी, रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेकोे छ ।

मृतकका आफन्तले पाण्डेको हत्या भएको भन्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै आज सोह्रखुट्टे क्षेत्रमा प्रदर्शन गरेका छन् ।