देउवा भारी मतले विजयी

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा प्रतिद्वन्द्वी रामचन्द्र पौडेललाई भारी मतको अन्तरले पराजित गर्दै विजयी deupaभएका छन्।  देउवा तेह्रौं राष्ट्रिय महाधिवेशनबाट सभापति निर्वाचित भएका हुन्।
दोस्रो चरणमा सोमबार भएको मतदानमा देउवाले १८२२ मत प्राप्त गरे भने  पौडेलले १२९६ मत प्राप्त गरेका छन्। कुल खसेको ३१२० मतमध्ये  २२ मत बदर भएको थियो। दोस्रो चरणको निर्वाचनमा देउवाले रामचन्द्रले भन्दा ५२६ मत बढी ल्याएका छन्।यसअघि सभापतिका तीन उम्मेदवारमध्ये देउवाले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि पुनः मतदान भएको थियो। तेस्रो स्थानको मत पाएर सभापतिको रेसबाट कृष्णप्रसाद सिटौला बाहिरिएपछि देउवा र पौडेल बिचमा पुनः मतदान भएको हो।
कुल ३१६१ महाधिवेशन प्रतिनिधिमध्ये आइतबार भएको पहिलो चरणको निर्वाचनमा ३१४८ मत झरेको थियो। उक्त मतमध्ये एक सय बदर हुँदा देउवाले देउवाले १५६४, पौडेलले ११६० र सिटौलाले ३२४ मत ल्याएका थिए । लगातार तीनपटक सभापतिको दौडमा रहेका देउवाले लामो समयपछि संस्थापन पक्षबाट नेतृत्व उम्काएका छन्। पोखरा महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग पराजित भएका देउवा पुनः सुशील कोइरालासँग अर्को महाधिवेशनमा पराजित भए।
पार्टी नेतृत्वका निम्ति तेह्रौं राष्ट्रिय महाधिवेशनमा पनि देउवाले आफूलाई सभापतिको मैदानमा उतारे। संस्थापन पक्षबाट दुई आकांक्षीले प्राप्त गरेको मत जोड्दा पनि देउवा अग्रस्थानमै थिए।