प्रथम विश्वयुद्वमा ध्वस्त लुभेन

प्रथम विश्व युद्व सपाप्त भएको सय बर्ष पुग्दैछ|अगस्त ४ मा बेल्जियम माथि पहिलो पटक आक्रमण गरेको जर्मन सेना अगस्त २० मा लुभेन आईपुगे र लुभेनआक्रमण गरी आफ्नो कब्जामा लिए|झन्डै ५ हजार देखि १० हजारको संख्यामा रहेको अनुमान गरीएका सैनिकहरु २५ अगस्तमा लुभेनलाई ध्वस्त पारी
आफ्नो आश्रय स्थल बनाए|आक्रमणको तिन दीन निकै त्रसिपूर्ण रह्यो|थुप्रै घरहरु नष्ठ गरीए बाटोहरु भत्काईए |लगत्तै ६ बर्ष सम्म लुभेनबासीहरु त्रसित रुपमा रहे|

२५ देखि २९ सम्म २१८ नागरिक मारीए जसमा २१ महिला र ११ बालबालिका थिए|मृतकहरुको नाम “Martelarenplein”(सहिद स्थान )मा उल्लेख गरीएको छ|सयौ लुभेनबासीलाई जर्मनी  पुर्याईयोलुभेन २ | एक हजार एकासी घरहरु आगोले ध्वस्त भए|घरबिहिन हजारौ नागरिक चिसोमा टेन्ट मुनि बस्न बाध्य भए|

कतिपय घरहरु बिसौ शताब्दीको उतरार्धमा पुनर्निर्माण गरीए |पुनर्निर्माण गरीएक कतिपय घरहरुमा मिति ,तरवार र आगोको चिन्ह समेत राखिएको छ|व्यक्तिगत घरहरु मात्र नष्ट गरीएन स्मारक र विश्व बिद्यालय समेत ध्वस्त पारियो|लुभेन स्थित बर्तमान क्याथोलिक विश्व बिधालयको पुस्तकालय रहेको भवनमा आक्रमण गरी दुई लाख तिस हजार पुस्तक,९५० पाण्डुलिपि समेत नष्ट गरीयो |जुन अन्तराष्ट्रिय महत्वका थिए |लुभेन १

फोटो /फ्लांदर न्युज