चितवन सहायता कोष बेल्जीयमको बार्षिक साधारण सभा सम्पन्न, बाढीपीडितका लागि एक लाख रुपैयाँ सहयोग

चितवन सहायता कोष बेल्जीयमले आफ्नो  आठौ वार्षिक साधारणसभा “परोपकार नै मानवीय धर्म हो” भन्ने मुल नाराका साथ गत अगस्त १८ मा बेल्जियमको लुभेन Casablanca Park मा सम्पन्न गरेको  छ|संस्थाका अध्यक्ष पार्वती अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदुतावास बेल्जियमका द्वीतिय सचिव लक्ष्मण खनाल थिए|

यसैगरी एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरूङ तथा एनआरएन यूरोप संयोजक अर्जुनकुमार श्रेष्ठका र एनआरएन बेल्जियम आईसीसी सदस्य श्रीमति जानकी गुरुङ बिशिष्ट अथितिको रुपमा थिए भने संस्थाका संस्थापक अधक्ष्य श्रीमती सीता सापकोटा र निबर्तमान अधक्ष्य श्री रामहरी घिमिरे तथा संस्थाका संरक्षकको साथै उपस्थित बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरू अतिथीको रुपमा रहेका थिए|

संस्थाका महासचिव भुवन सुबेदीद्वारा संचालित कार्यक्रममा बरिष्ठ उपाध्यक्ष दिनेश प्रसाद भण्डारीले स्वागत मन्तव्य राखेका थिए | अध्यक्ष पार्वति अधिकारीले सो कार्यक्रम अन्तरगत पहिलो चरणको  साधारण सभामा उपस्थित संपुर्ण  महानुभावहरुलाइ धन्यवाद दिदै हालै नेपालमा गएको वाढी पहीरोमा परी बिपतमा परेका नेपाली दाजुभाइ दिदीबहीनीहरूको उद्दार तथा राहतका  लागी कोषको तर्फबाट नेपाली १ लाख रूपैयाँ हस्तान्तरण गर्ने घोषणा गरीन |  ‘पुण्य कमाउन ठुलै दान गर्नु  पर्छ भन्ने छैन तपाइँको सानो सहयोगले पनि ठूलो पुण्यको काम गर्न सक्छ ,तपाइहरुले महिनाको  १ यूरो यस संस्थाको  खातामा हलिदिएर बिपन्न परीवारको बिरामीहरुलाइ सहयोग गरिदिनुहोला’ उनले सबैलाई अनुरोध गरीन |

प्रमुख अतिथी नेपाली राजदुतावास,बेल्जियमका द्वीतिय सचिव लक्ष्मण खनालले बेल्जियममा रहेका संस्थाहरू मध्ये CAT Belgium एक उदाहरणीय संस्थाको रूपमा स्थापित भएको उल्लेख गर्दै खुलेरै यसको प्रसंसा गरेका थिए ।

संस्थापक अध्यक्ष तथा संरक्षक श्रीमती सीता सापकोटाले संस्थाले नेपालमा स्थापना गरेको अक्षय कोषको आवस्यकता र यसको महत्वको बारेमा प्रष्ट पार्दै नेपाली रुपैया २७ लाखबाट शुरु गरेको उक्त कोष बृद्दी गर्न यसै संस्थाले एम्बुलेन्सको सेवा पनि पुर्याउने उद्वेश्यले संकलन गरेको रकम विभिन्न कारणबस खरिद गर्न असमर्थ भएको हुदा सो रकम पनि उक्त अक्षय कोषमा जम्मा गरि आगामी बर्ष सम्म अन्य कार्यक्रमहरु गरि कमसेकम ५० लाख पुर्याउने र त्यसबाट आएको मुनाफाले असहाय तथा बिपन्न परिवारका बिरामीहरु लाइ धेरै भन्दा धेरै सेवा पुर्याउन संस्थाका सम्पूर्ण साथीहरुले प्रण गरेको जानकारी गराईन।

एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरूङले यसको स्थापना कालको इतिहासको पाना पल्टाउदै यस कोषले गरेका गतिबिधी तथा कार्यक्रमहरूको वारेमा प्रसंशा गर्दै सधै यस संस्थालाइ सयोग पुर्याउदै आएको र अावश्यकता अनुसार यस संस्थालाई  सक्दो सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरे |

दीनदुखीहरुको स्वस्थ क्षेत्रमा समर्पीत यस संस्थाको प्रगती तथा अार्थीक बिवरण  सबैलाई बितरण गरिएको थियो |प्रगति तथा आर्थिक हिसाव कितावलाइ उपस्थीत सम्पुर्ण महानुभावहरुको अगाडी  छर्लङ्ग पार्दै संस्थाका कोषाध्यक्ष्य श्री इश्वरी प्रसाद कंडेलले पढेर समेत  सुनाएका थिए।

साधारण सभा सम्पन्न भएपछी  सोहि स्थानमा बरिष्ठ उपाध्यक्ष दिनेश प्रसाद भण्डारीको संयोजकत्वमा र स्थापना काल देखीनै योगदान पुरायौदै आउनु भएका श्री राजु  घिमिरे, श्री रफी शाह, श्री रामचन्द्र सापकोटा, साथमा श्री रमेश सापकोटा, श्रीमती शान्ति भट्टराई , श्रीमती धन बस्याल, श्रीमती राधिका तिवारी, साथमा क्याट का अन्य सदस्यहरु को सक्रियता साथै लुभेनका साथीहरुको  सहयोगमा  बारबिक्यु  पनि बिबिध मनोरन्जनात्मक कार्यक्रमहरू हरुका साथ भव्य रुपमा सम्पन्न भएको थियो  ।

बाढिपिडीत सहयोगार्थ  आयोजना  गरीएको उक्त कार्यक्रमको टिकटबाट  चिट्ठा तथा म्युजिकल चेयर खेलको मनोरन्जात्मक कार्यक्रम पनि संचालन गरीएको थियो । प्रथम हुने व्यक्ति लाइ पुरष्कारको व्यवसथा पनि गरिएको थियो चिट्ठा द्वारा पुरष्कार को प्रायोजक श्री इश्वरी प्रसाद कंडेल, श्रीमति  पार्वती अधिकारी र श्री  दिनेश भण्डारी हुनुहुन्थ्यो भने म्युजिकल चेयरको पुरस्कारको श्री भुवन सुबेदी हुनुहुन्थ्यो ।सो  कार्यक्रममा नेपालका ख्यातीप्राप्त गायक द्वय  सत्यराज आचार्य र स्वरूपराज आचार्यको समेत उपस्थिति रहेको थियो ।

cat