प्रचण्ड होइन, रेखा थापा पो ‘रियल माओवादी’

चर्चामा आइरहने कलिउडकी नायिका रेखा थापा कहिले बाठी जस्तो त कहिले अनपढ जस्तो कमेन्ट गरिरहन्छिन् । निर्वाचनको मुखमा एमाओवादीमा प्रवेश गरकी रेखाले मतदाता सूचीमा नाम नभएपछि एमाओवादीको उमेदवार हुनबाट बन्चित भएकी थिइन् ।

rekha-thapaनिर्वाचनमा एमाओवादीको पराजयपछि धेरैले रेखाको महत्वाकांक्षा पनि टुक्रीएको ठानेका थिए । तर त्यसलगत्तै उनी ४ राउटे बच्चाहरूलाइ धर्मपुत्र बनाएर चर्चामा रहिन् ।

अहिले फेरि उनीको चर्चा छ । उनले एमाओवादी अध्यक्ष प्रचण्डको आलोचना गर्दै भनेकी छन्- ‘मैले एमाओवादीको सदस्यता लिएको छैन । रियल माओवादी म पो हुँ ।’
उनको प्रश्न छ-‘चिल्ला कार चढ्ने र आठपहरिया राख्नेले कसरी साम्यबादलाई न्याय गर्न सक्छन् ?’