दीपिका र रणवीर सिंह बलिउडको ‘हटेस्ट जोडी’

दीपिका र रणवीर सिंह यसपाली बलिउडको वर्षकै लोकप्रीय ‘हट जोडी’ बनेका छन्। तर उनीहरु वास्तविक जीवनको जोडी भने होइनन्। उनीहरुको अन स्क्रिन जोडीलाई हट जोडी मानिएको हो।
deepika-ranveer
दीपिका पादुकोणका लागि २०१३ फलिफाप नै भयो। उनले यस वर्ष थुप्रै उपलब्धी हासिल गरिन्। ती उपलब्धीमध्ये कै एक उपलब्धी हो यो पनि।

वर्षकै हट जोडीको रूपमा यो जोडीलाई फिल्मी प्रशंसकले छनोट गरेका हुन्। उनीहरूलाई फिल्म रामलीलाले यो उपाधि दिलाएको हो। अपुन्का च्वाइसले गरेको सर्वेक्षणमा यो जोडीले ‘हटेस्ट जोडी’ का रूपमा सर्वाधिक मत प्राप्त गरेका थिए। १ हजार ७३ मतमध्ये यो जोडीले २६ प्रतिशत मत प्राप्त गरेको थियो।