प्रकृति ‘मिस भुटान यु.एस.’

Picture1अमेरिकामा बस्दै आएका नेपालीभाषी भुटानीहरु बीच आयोजना गरीएको मिस भुटान प्रतियोगितामा म्यासेच्युट राज्यमा बस्दै आएकी प्रकृति राईले ‘मिस भुटान युएस’ को ताज जितेकी छिन|भुटानिज अमेरिकन एसोसियसन अफ ह्युस्टनको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा राईले उपाधीसहित मिस पर्सनालिटीको उपाधि समेत जितेकी थिइन|पहिलो पटक आयोजना गरीएको उक्त कार्यक्रममा सिता भुजेल फस्ट रनरअप र धनवाजन मगरले सेकेन्ड रनरअपको उपाधी जितिन|

भुटानिज अमेरिकन एसोसियसन अफ ह्युस्टनको आयोजना तिनदिन सम्म चलेको हिमालयन फेस्टिबलमा फुटबल,नृत्य र गायन प्रतियोगिताको समेत आयोजना गरीएको थियो|प्रतियोगिताको फूटवल तर्फ डी ९ डी,नृत्य तर्फ मनिता गुरुङ र गायनमा रुपेश राई प्रथम भएका थिए|कार्यक्रममा अमेरिकामा रहेका नेपालीभाषी भुटानीहरुका साथै अमेरिका स्थित नेपाली कलाकारहरु समेत सहभागी थिए|पूर्व मिस नेपाल माल्भिका सुब्बाले कोरियोग्राफी गरेकी थिइन्|