‘हाम्रो प्रेम फूलजस्तो’

‘प्रेम बिनाको सम्बन्ध बासना विनाको फूल जस्तै हो । हो दिपासँग मेरो प्रेम छ । तर त्यो बिशुद्ध मित्रताको प्रेम अनुशासित र सामाजिक परिवेशमा पच्ने खालको छ, भन्ने दिपकराज गिरी हिजोआज तितोसत्यमा देखिन छाडेकाछन् । दिपक र दिपाको जोडिलाई एकसाथ हेर्दै आएका दर्शकमा एकाएक दिपक किन हराए ? भन्ने कौतुहल छ ।

dipa-deepakकतै दिपक र दिपा बिचको सम्बन्धमा खटपट पैदा भएकाले दिपकले तितो सत्यमा अभिनय गर्ने छाडेका त होईनन् ? ओएनएसको यस प्रश्नमा दिपक भन्छन,‘हामीमा यति प्रचुर माया र समझदारी छ कि झगडा हुने त कुरै भएन ।’ आवश्कता भन्दा बढी मिडियामा छाउदा क्रेज घट्ने डरले अभिनयमा कटौती गरेको उनले बताए । ‘सिरियलमा लेखक र निर्देशकको भूमिका निर्वाह गरेको हुनाले अभिनयमा समय दिन भ्याएको छैन । केही समय यसबाट ब्रेक लिउँ भन्ने चाहना पनि हो,’ उनी भन्छन् । –ओएनएस