पोर्चुगलमा खुल्ला भलिवल प्रतियोगिता हुदै

नेपाली नयाँ बर्ष २०७२ को उपलक्ष्यमा पोर्चुगलमा खुल्ला भलिवल प्रतियोगिताको आयोजना गरीएको छ| प्रतियोगिता यहिvolleyball अप्रिल २६ मा  लिस्वन स्थित Loja Inatel Alvalade Parque de Jogos 1 maio AV Rio de Janeiro 1700-330 Lisboa मा हुदैछ| प्रतियोगितामा प्रथम र द्वितीयलाई क्रमशः युरो ५५५ र ३३३ सहित प्रमाण पत्र वितरण गरिने छ|

नयाँ बर्ष कार्यक्रमलाई थप मनोरन्जन प्रदान गर्नको लागी महिलाहरु बीच अप्रतियोगीतात्मक खेल समेत खेलाईने भएको छ| अप्रतियोगीत्माक भए पनि महिला भलिवल कार्यक्रम भने युरोप मै पहिलो हो|

त्यसै गरी आयोजक र अतिथि टिम बीच पनि खेल हुने भएको छ|

नेपाली खेलकुद समुह पोर्चुगलको आयोजनामा सम्पन्न हुन् गैरहेको प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्नको लागी नारायण थापा, रोहन मगर, जित पुन र राजन थापा रहेको आयोजक समिति समेत गठन गरीएको छ|