इपिएसमा पास हुनेमध्ये ७५ प्रतिशत मात्रै कोरिया

दक्षिण कोरियाको रोजगारीका लागि भाषा परीक्षा उत्तीर्ण गर्नेमध्ये ७५ प्रतिशतले मात्रै कोरिया प्रवेश पाएका छन् । सिओलस्थित नेपाली दुतावासका अनुसार रोजगार अनुमति प्रणाली इपिएस लागू भएयता भाषा उत्तीर्ण गर्ने २५ प्रतिशत कोरिया आउन पाएका छैनन् । भाषा उत्तीर्ण गर्दैमा कोरिया आउन पाईँदैन ।

SOUTH-KOREAकोरियाले ईपिएसमार्फत लिने नेपाली कामदारका लागि नेपालमा ५ पटक भाषा परीक्षा गरिसकेको छ भने छैटौँ पटक आगामी असारमा परीक्षा लिने तयारी गरेको छ ।

दुतावासका अनुसार ईपिएस लागू भएदेखी सन् २०१४ सम्म कोरिया आएका नेपालीको संख्या २८ हजार ४ सय ४८ पुगेको छ । यसमा २६ हजार ७ सय ३० पुरूष र १ हजार ७ सय १८ महिला रहेका छन् ।

भिसा अवधी सकिएर फर्कनेको संख्या भने उपलब्ध हुन सकेको छैन् । अघिल्लो वर्षको तथ्यांकअनुसार यीमध्ये १ हजार ३ सय ६१ नेपाली अवैधानिक रूपमा बसिरहेका छन् ।

– कारोबार