पूर्वगोर्खा सैनिक ठगी आरोपमा बेलायती अदालतमा

ब्रुनाइका सुल्तानको सुरक्षामा जागीर लगाईदिन्छु भन्दै ठगी गर्ने पूर्वगोर्खा सुदीप गुरुङलाई बुधबार बेलायतको एक अदालतमा पेस गरिएको छ। उनलाई पूर्वगोर्खाकै २५ हजार पाउन्ड ठगेकोलगायत अन्य आरोपसहित नर्थहेमटन मेजेस्ट्रीमा मुद्दा चलाइएको नर्थहृयाम्पटन क्रोनिकलको अनलाइन संकरणले जनाएको छ।

उनलाई यसै वर्षको सुरुमा पक्राउ गरिएको हो।