बेलायती प्रधानमन्त्रीले हिन्दुहरुका साथ मनाए दिपावली

बेलायती प्रधानमन्त्री डेविड कैमरनले दिपावलीको अवसरमा मंगलवार आफ्नो निवासमा एक पार्टीको आयोजना गरी शुभकामना दिए | उनले दिपावली uk pm diwali-party-
बेलायतमा बस्ने करिब आठ लाख हिन्दुहरुको  खास तिहार भएको बताउदै बेलायतको प्रवर्द्धनमा उनीहरुको योगदानको स्मरण गरे |

उक्त पार्टीमा कैमरनले भने ‘यो दिपावली पर्वले हामीलाई ईतिहासको सम्झना गर्नेको मौका दिन्छ |’ उनले हिन्दु सस्कृति सम्वन्धमा आफ्ना बिचारहरु राख्दै ‘सबै भन्दा असल कुरा यो हो कि मेरा बच्चाहरु यहाँ छैनन् अन्यथा यहाँ राखिएका सबै मिठाईहरु बर्बाद गरीदिने थिए|’ प्रसन्न मुद्रामा उनले थपे |

प्रधानमन्त्री कैमरनले हरेक वर्ष १० डाउनिंग स्ट्रीट (ब्रिटिश प्रधानमन्त्रीको आधिकारिक निवास) मा दिपावली मनाउने गर्छन | उक्त दिपावलीको अवसरमा हिन्दु समाजका केहि प्रभावशाली व्यक्ति समेत उपस्थित हुने गर्छन |

उता बिपक्षी दलले पनि प्रधानमन्त्री निवास नजिकै मध्य लण्डनको काँनरेड होटलमा दिपावलीको अवसरमा एक पार्टीको आयोजना गर्यो| पार्टी नेता एड मिलिबैंडले आउदो निर्वाचनमा आफ्नो पार्टीको जित हुने आशा व्यक्त गर्दै अर्को वर्ष प्रधानमन्त्री निवासमा दिपावली मनाउने मनसाय व्यक्त गरेका थिए |

आगामी बर्ष बेलायतमा आम निर्वाचन हुदैछ | निर्वाचनलाई मध्यनजर गर्दै विभिन्न राजनैतिक दलहरु फरक फरक समुदाय सग निकट रहन चाहन्छन | बेलायतमा हिन्दु समुदायको खास प्रभाब रहेको हुदा पार्टीहरु यिनको समर्थन लिनमा कोशिश गर्नेछन |

-जनजागृति