नेपाल-अमेरिका पत्रकार संघमा गौतम दाहाल

अमेरिकामा रहेका पत्रकारहरुको साझा संस्था, नेजामा पत्रकार तथा ग्लोव नेपाल डटकमका प्रधान सम्पादक गौतम दाहालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
neaja-team-USA 2014टेक्सासमा सम्पन्न चौथो अधिवेशनले दाहालको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो । नेजाको नयाँ कार्यसमितिको उपाध्यक्षमा शिव विष्ट, महासचिवमा भोला आचार्य र सचिवमा सुदिप पन्त निर्वाचित भएका छन् । त्यसैगरि क्षेत्रिय संयोजकहरुमा विश्वराज थापा, विकास राज न्यौपाने, जाडवु शेर्पा, र भुपेन्द्र थापा आएका छन् भने कोषाध्यक्षमा विटु केसी आएका छन् ।

सदस्यहरुमा मधुकर अधिकारी, अग्नि प्रसाद चौलागाई, शैलेस पोखरेल, श्रीकृष्ण गौतम र तेम्वा दोडवा हयोल्मो छन् । अध्यक्ष र क्षेत्रिय उपाध्यक्षको एउटा पदबाहेक सवै पद सर्वसम्मत चयन भएका थिए । अध्यक्ष पदका उमेद्वार पत्रकार प्रदिप थापा मगरलाई झण्डै दोव्बरमतको अन्तरले हराएका थिए भने क्षेत्रिय संयोजकमा जाडवो शेर्पाले सोही पदका उमेद्वार गोकुल ढकाललाई पनि भारी मतले हराएका थिए ।

वरिष्ठ पत्रकार तथा नेजाका सल्लाहकार तारा बराल र क्षेत्रिय संयोजक विटु केसीको संयुक्त पहलमा गठित निर्वाचन समितिको प्राविधिक सहयोगमा नयाँ कार्यसमितिको मतदान भएको थियो । भव्य समारोहका साथ सम्पन्न नेजाको नयाँ नेतृत्वले अमेरिकामा नेपाली पत्रकारिताको विकास र विस्तारलाई व्यवसायिक ढंगले अगाडी बढाउने योजना अगाडी सारेको जनाएको छ । अधिवेशनको अन्तमा पत्रकार आडछिरिड शेर्पाको नेतृत्वमा रहेको अघिल्लो कार्यसमितिले नयाँ कार्यसमितिलाई आधिकारिकरुपमा जिम्मेवारी सुम्पेको थियो ।