नायीकाको किस लिँदा २४ लाख खर्च

आफूलाई मन परेको नायीकाको एक किस अर्थात चुम्बन लिनका लागि मानिस निकै आतुर हुन्छ र त्यसका लागि जुनसुकै मूल्य चुकाउन पनि पछी पर्दैन भन्ने कुरालाई हामी पनि केही हदसम्म स्विकार गर्छौ ।

एक नायीकाको चुम्बन लिनका लागि एक व्यक्तिले २४ लाख खर्च गरे भन्दा केही अनौठो पनि लाग्छ । यति ठूलो रकम खर्च गरेर पनि कसैले एक नायीकाको चुम्बन लिन चाहन्छ भन्ने एक व्यक्तिले उदाहरण प्रस्तुत गरेका छन् ।

एक च्यारिटी शोको कार्यक्रमका क्रममा एक व्यक्तिले एक टेलिभिजन नायीकाको एक किस पाउनका लागि करिव २४ लाख रूपैयाँ खर्च गरेका थिए । अमेरिकी टेलिभीजन नायीका डिएना अग्रोनले एक सामाजिक सञ्जालको १० औ वर्ष प्रवेशका क्रममा यस्तो गरेकी हुन् । यसै कार्यक्रममा डिएनाले एक च्यारिटी कार्यक्रममा पनि भाग लिएकी थिइन् ।

यस कार्यक्रममा डिएनाले एक किसको लागी बोली लगाएकी थिइन् । उनले एक किसको १ हजार डलरबाट बोली लगाउन सुरू गरेकी थिइन् । उक्त रकम बढ्दै गएर २३ हजार डलर(करिब २४ लाख)मा गएर टुङ्गियो ।

आफ्नो प्रतिज्ञा अनुसार डिएनाले उक्त रकम तिर्न तयार भएका व्यक्तिलाई किस गरिन् । उक्त किसका कारण जम्मा भएको रकम उनले युद्ध प्रभावित बच्चाहरूको सहयोगका लागि दिएकी छिन् ।²1