भारतीय स‍ंसद्‌मा उठ्यो नेपालको महाकाली र कर्णाली नदी जोड्ने विषय

भारतीय स‍ंसद्‌मा नेपालको महाकाली र कर्णाली नदी भारतको महत्त्वाकांक्षी नदी जोड्ने परियोजनाका लागि छनौट गरिएको विषय औपचारिक रुपमा जानकारी दिइएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले यसका लागि सहमति जनाइसकेको कुरा भारतीय पक्षबाट सार्वजनिक गरिए पनि नेपालले अहिलेसम्म यसबारे औपचारिक जानकारी दिएको छैन।

भारतीय स‍ंसद्को माथिल्लो सदन राज्यसभामा जलस्रोत राज्यमन्त्री सनवर लाल जटले महाकाली र कर्णाली नदीलाई भारतको राजधानी दिल्ली हुँदै बग्ने यमुना नदीमा मिसाउने योजना बनेको लिखित जानकारी दिएका हुन्।