नायिका निशाको नयाँ लुक

चलचित्र क्षेत्रमा ‘लभ अफेयर, ट्राजेडी एन्ड स्क्यान्डल’लाई स्वाभाविक रूपमा लिइन्छ । कलाकार कुनैन कुनै स्क्यान्डलमाnisha adhikari फसेकै छन् । पछिल्लो सयम ‘एभरेस्टर’ निशा अधिकारी नयाँ स्क्यान्डलमा छिन् ।

सगरमाथाको आरोहण गरी नेपाली चलचित्रमा साहसी नायिकाको परिचय बनाएकी निशा प्रेमपीडामा परेको समाचार आएसँगै कपाल मुण्डन गरेर नयाँ लुकमा देखा परेकी छन् । शरद भेषवाकरसँगको प्रेममा एकाएक दरार आएपछि अमेरिका भासिएकी निशाले फेसबुकमार्फत् केश मुण्डनको तस्बिर सार्वजनिक गरेकी हुन् । क्रिकेटर भेषवाकरसँगको प्रेम सम्बन्धका कारण बेलाबेलामा चर्चामा आइ नै रहने नायिका निशाको फेसबुक पेजको केश मुण्डन तस्बिरलाई एघार सयभन्दा बढीले लाइक, एक सय ५४ जनाले प्रतिक्रिया र चार जनाले सेयर गरेका छन् । फेसबुकका विभिन्न प्रतिक्रियाप्रति निशाले क्यान्सर भएर, ब्रेकअप भएर, पब्लिसिटी स्टन्टलगायत केही कारणले पनि केश मुण्डन नगरेको भन्दै यो व्यक्तिगत स्वतन्त्रताको चिनो मात्र भएको स्पष्टोक्ति दिएकी छन् । निशाको फेसबुक वालमा कपाल राखे पनि खौरे पनि राम्रो भन्ने प्रतिक्रिया धेरै पोस्ट भएका छन् ।