एसएलसी प्रिन्सेजको उपाधी अन्जु भण्डारीलाई

एसएलसी दिएर बसेका युवायुवतीलाई लक्षित गर्दै सिजन मिडियाले आयोजना गरेको ‘एसएलसी प्रिन्सेज–२०१५’ को उपाधि slc-princessकपनकी अन्जु भण्डारीले हात पारेकी छन् । शनिवार भएको प्रतिस्पर्धामा १६ वर्षीय भण्डारीले ४७ जना प्रतियोगीलाई पछि पार्दै उपाधि विजेता बनकी हुन् । भण्डारीले उच्चशिक्षा हासिल गर्नको लागि विभिन्न छात्रवृत्तिका कार्यक्रमहरूमा सहभागी हुने अवसर पाएकी छन् भने एउटा स्कुटरसहित अन्य उपहार प्राप्त गरेकी छन् ।
राजधानीमा शनिवार एउटै नाममा तिन स्पर्धा भए । ‘एलएलसी अफ द इयर २०१५’ को उपाधि सगुन अर्यालले चुम्न सफल भइन् । बेस्ट हेयरको उपाधिसहित ‘मिस टीन एसएलसी २०१५’ को उपाधि भने ओजस्वी कोइरालाले हात पारिन् । यस्तै, किशोरहरूतर्फको प्रतियोगिता ‘मिस्टर एसएलसी २०१५’ मा अधिराज मल्लले शीर्ष उपाधिका साथ वेष्ट फिजिक र फेसबुक च्वाइसको उपाधिसमेत जित्न सफल भए ।