नबौ सांग्रिला क्विजको उपाधि युवा क्लवलाई

बेल्जियममा सम्पन्न नबौ साग्रिला हाजिरीजवाफको उपाधी नेपाल बेल्जियम युवा क्लवले जितेको छ।  जित सगै क्लवले नगद ५०० युरो प्राप्त गरेको छ। क्लवको तर्फबाट विजय सापकोटा, सन्तोष पन्त र निश्चल श्रेष्ठले भाग लिएका थिए।s4

आईतवार लुभेनमा पाच टिम बीच भएको प्रतियोगितामा ग्रेटर नेपाल द्वितीय र चहलपहल टिमले तृतीय स्थान हासिल गर्न सफल भए। दोश्रो र तेश्रो हुने टिमलाई नगद पांचसय, तीनसय र दुईसय युरो सहित सम्मान पत्र प्रदान गरिएको थियो। ग्रेटर नेपालबाट माधव सापकोटा, नन्दराज घले र शैलेश मल्ल, चहलपहलबाट प्रकाश केसी, निश्चल न्यौपाने र राजीव थापाले भाग लिएका थिए।

प्रवासमा रहेका दोश्रो पुस्ताका नेपालीहरुलाई नेपाल सम्वन्धि जानकारी दिने उद्वेश्यले हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिएको थियो। प्रतियोगितामा बिशेष गरी नेपाल र बेल्जियम सम्वन्धि प्रश्नहरु सोधिएको थियो। प्रतियोगितामा एसआरए टिमबाट आशिष शर्मा, राजु श्रेष्ठ र सुनिल मुनिकार र दिदीबहिनी टिमबाट सुमित्रा पौडेल, देवी घिमिरे, र प्रतिमा थापाले सहभागिता जनाएका थिए।

साग्रिला समाज बेल्जियमको आयोजना र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको सह आयोजनामा भएको कार्यक्रममा एनआरएनले प्रथम पुरस्कार, समाजका संथापक उपाध्यक्ष एंव वर्तमान सल्लाहकार जानकी गुरुंगले द्वितीय पुरस्कार र युरो नेपाल कलाकार संघ, नारायण अधिकारी र शंकर बजगाईले तृतीय पुरस्कारको सौजन्य प्रदान गरेका थिए। इन्द्र धनुष कवलले प्रविधिमा सहयोग गरेको थियो भने हिमालयन रेष्टुरेन्टले खाना प्रदान गरेको थियो । त्यसै गरी एमडी समुहले पनि कार्यक्रम सम्पन्न गर्न सघाएको थियो ।

कार्यक्रम हेर्नको लागी थुप्रै नेपालीहरु उपस्थित भएका थिए । उपस्थित दर्शकहरु माझ अप्रतियोगात्मक कार्यक्रम संचालन गरिएको थियो। कृपा मल्ल र रेणु केसीले उत्कृष्ठ दर्शकको पुरस्कार जितेका थिए।s3

सविता दाहाल संयोजक र दीपकज्योति पौडेलद्वारा संचालन गरिएको कार्यक्रमलाई परमानन्द सापकोटा, बिष्णु सापकोटा र सचिन केसीले सघाएका थिए । एनआरएन केन्द्रिय सचिव अर्जुनकुमार श्रेष्ठ प्रमुख अतिथि र एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतम र युरोप यात्रामा रहेकी नेपाली कलाकार सुकुमाया मोक्तान बिशिष्ठ अतिथि रहेको कार्यक्रममा समाजका पूर्व अध्यक्ष दीपेन्द्र केसी र यामु निरौलाका साथै बेल्जियमस्थित विभिन्न संघ सस्थाका प्रतिनिधि सहभागी थिए। कार्यक्रमको समापन गर्दै समाजका अध्यक्ष खड्क केसीले नेपाल प्रवर्द्वनको लागी कार्यक्रमलाई निरन्तरता दिएको बताए।