दिल्लीमा आम आद्‌मी पार्टीको ऐतिहासिक जीत, मोदीको भाजपालाई झड्का

aapभारतको राजधानी दिल्ली विधानसभाको चुनावमा आम आद्मी पार्टी (आप) ले एकदम आदर्शवादी विजय हासिल गरेको छ ।

गत शनिबार भएको चुनावमा आपले ७० मध्ये ६७ सिट हात पर्दै भारी बहुमत ल्याएको हो । चुनावमा भारतीय जनता पार्टीले ३ सिट जितेको छ भने काँग्रेस आईले एक सिट पनि जितेन ।

भाजपाको तर्फबाट मुख्य मन्त्रीकी उमेदवार किरण वेदी पराजित भएकी छिन् । कृष्णनगरबाट उठेकी वेदीलाई आपका एसके वग्गाले २४७६ भोटले हराएका हुन् । यता आपका अध्यक्ष तथा मुख्य मन्त्रीका उमेदवार अरविन्द केजरीवाल नयाँ दिल्लीबाट २६ हजार मत अन्तरले विजयी भएका छन् ।

आम आद्मीले मुख्य मन्त्रीको रुपमा केजरीवाललाई अघि सारेको थियो भने भाजपाले पूर्व महिला प्रहरी अधिकृत वेदीलाई अघि सारेको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपालाई जिताउन ठुलो बल खर्चेपनि हार व्यहोर्ने देखिएपछि मोदीको लोकप्रियता घटेको देखिइएको छ ।

बेदी र केजरीवाल दुबै अन्ना हजारेको आन्दोलनबाट राजनीतिमा आएका हुन् ।

अघिल्लो चुनावमा कुनै पनि पार्टीले स्पष्ट बहुमत नल्याएपछि आम आद्मीले काँग्रेससँग मिलेर सरकार बनाएको थियो । यद्यपी भाजपाले बढि सिट जितेको थियो । दिल्लीमा विपक्षीले काम गर्न नदिएको भन्दै मुख्य मन्त्री केजरीवालले ४९ दिनमा राजनीमा दिएपछि फेरि चुनाव भएको हो ।