तिमी र म

कविता p deepak

 

तिमी थियौ

म थिएँ

हामीमाथि अनन्त आकाश थियो

मधुर वर्षामुनि

प्राप्ति-अप्राप्तिको हिसाब थिएन

तिम्रो मेरो कुनै किताब थिएन ।

 

अकस्मात

अकस्मात, आँधी आयो

न तिमीले रोक्न सक्यौ

न मैले रोक्न सकेँ

हामीबीच पर्खाल खडा गरीदियो

जे नहुनु थियो त्यहि भैदियो

मबाट तिमी ओझेल भयौ ।

 

अहिले पनि सम्झन्छु

अहिले पनि सम्झन्छु,सिसौका बोटहरु

नदि तटका अनन्त लाग्दा क्षणहरु

तिमी छौ

म पनि छु

हामीसँग छैनन् ति दिनहरु

तर दिनहरुभन्दा प्रीतिकर छन्

ति दिनका सम्झनाहरु

त्यसैको उज्यालोमा

म पढिरहेछु-

तिम्रो प्रेमको पुस्तक |

दीपकज्योति पौडेल,बेल्जियम