अनेसास अध्यक्षमा दुई जनाको दावी|

logoINLSन्यूयोर्क ,   अन्तराष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)को आगामी कार्यकालको लागी जुलाईमा सम्पन्न हुन गैरहेको निर्वाचनमा साहित्यकार कमला प्रसाई र पदम बिश्वकर्माले आफ्नो उम्मेदवारी दर्ता गराएका छन|त्यसैगरी राधेश्याम लेकाली नेपाल ,वरिष्ठ उपाध्यक्ष ,राम खत्री न्यूयोर्क⁄यु.एस क्षेत्रीय उपाध्यक्ष, उत्तर अमेरिका⁄ल्याटिन अमेरिका, प्रकाश पौडेल ′′माइला″ जापान क्षेत्रीय उपाध्यक्ष, एसिया ,सुमलकुमार गुरूंग ,यु के क्षेत्रीय उपाध्यक्ष, युरोप ,भीमसेन सापकोटा ,अष्ट्रेलिया ,क्षेत्रीय उपाध्यक्ष, अष्ट्रेलिया क्षेत्रीय उपाध्यक्ष, असेनिया र अफ्रिका ,गोवर्धन पूजा मासाचुसेट⁄यु.एस महासचिव ,प्रकाश नेपाल भर्जिनिया⁄यु.एस सचिव ,गीता पन्थ न्यूयोर्क⁄यु.एस कोषाध्यक्ष पदका लागी उम्मेदवारी दिएका छन|

आगामी कार्यकाल २०१४/०१६ को लागि हुन गैरहेको निर्वाचन जुलाई १५ देखि १९ सम्म हुने भएको छ|निर्वाचनलाई स्वच्छरुपमा सम्पन्न गर्नको लागी निर्वाचन समिति गठन गरीएको छ|बिमल नेपाल प्रमुख निर्वाचन आयुक्त रहेको समितिमा धनीराम सापकोटा र तिर्थराज पाण्डे अन्य आयुक्त रहेका छन|तिनै जना अमेरिका निवासी हुन|यसैगरी निर्वाचन पर्यवेक्षक :डा. भिम कट्टेल, म्यारिल्याण्ड (अमेरिका),खेम भट्टचनवाशिंगटन डिसी (अमेरिका), रामबाबु सुबेदी,काठमाडौँ (नेपाल) र तृष्णा कुँवर रहेका छन्|

अध्यक्षका दावेदार पदम बिश्वकर्मा वर्तमान कार्यसमितिको बहालवाला महासचिब हुन|उनि अमेरिकाको कोलोराडोमा बसोवास गर्छन भने अर्का दावेदार कमला प्रसाई न्युयोर्कनिवासी हुन| उनको यो अध्यक्ष पदको लागी यो दिएको तेश्रो उम्मेदवारी हो।