तमु समाज बेल्जियमको आठौँ अधिबेशन बर्गरहाउटमा

तमु समाज बेल्जियमको आठौ अधिबेशन बेल्जियमको वर्गरहाउटमा हुने भएको छ | अधिबेशन यहि नोभेम्बर २ आईतवार वर्गरहाउट स्थित लांगेस्ट्रात १०२
मा सम्पन्न हुदैछ | दिनको १२ बजे देखि शुरु हुने उक्त अधिबेशनमा बेल्जियम सम्पूर्ण तमु दाजु-भाई तथा दिदी बहिनीहरुलाई उपस्थितिको लागी समाजले आव्हान समेत गरेको छ|

प्रवासमा आफ्नो भेषभूषा कला,साँस्कृतिक पहिचानलाई बचाउने उद्वेश्यले स्थापित यस सस्थाले स्थापनाकालदेखिनै ल्होसार पर्वलाई भब्य कार्यक्रमका साथ् मनाउदै आएको छ भने अन्य सामाजिक कार्यहरुमा पनि सक्रिय भूमिका खेल्दै आएको छ|  Picture1l