नेपालमा संसार कै अग्लो ‘विश्व शान्तिकलश’ निर्माण गरिने

बाग्लुङमा विश्व कै अग्लो ‘विश्व शान्तिकलश’ निर्माण कार्य शुरु गरीएको छ | बाग्लुंग जिल्लालाई धार्मिक पर्यटकीयस्थलको रुपमा बिकास गर्नको लागी tarajal-baglung-bhansa-2.jpgबाग्लुंग नगरपालिका ८ स्थित सर्वशिद्व  कोट (पुरानो नाम ताराजल कोट)मा स्थापना गर्न लागिएको  ‘विश्व शान्ति धाम’ भित्र  १०८ फिट अग्लो तामाको कलश र ५ हजार  ५ किलोको ‘मुक्तिनाथ महा घन्टी’ निर्माण गर्न लागीएको हो|

झन्डै १५ करोडको लागतमा निर्माण गरीन लागेको उक्त शान्तिधाममा झन्डै एक हजार मानिस बस्न सक्ने भवन, ३६५ तुलसी मठ, १०८ वरपिपलका चैतारी, करिब ५७ रोपनी जग्गामा तिन स्थानमा कम्तिमा पनि एक सयका दरले तिन गौशाला र शान्तिधाम भित्र बस्न ईच्छुक ब्यक्तिको लागी आवास गृह समेत निर्माण गरीने भएको छ|

विश्व शान्ति धाम स्थापना गर्नको लागी अनन्तश्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको वाचनाकत्वामा गत फागुनमा श्री धन-धान्याचल श्रीमद् भागवत सप्ताह ज्ञानमहायज्ञ सम्पन्न गरीएको थियो| उक्त महायज्ञबाट संकलित ८० लाख रुपैयाको लागतमा कलश निर्माणको लागी tarajal baglung bhansaआवश्यक जग्गा खरिद गरीएको थियो भने पीठाधीश्वरले च्यारीटेबल ट्रस्ट मार्फत प्रदान गरेको ५० लाख रुपैया अन्य भौतिक संरचना निर्माण गर्नको लागी खर्चिएको छ |महायज्ञ सम्पन्न गर्नको लागी बेल्जियम,ईटाली ,बेलायत,जापान,भारत तथा  अरेबियन र अन्य देशहरुमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका थिए |

विश्व शान्तिको कामनाको साथै समग्र धार्मिक विकास एंव संस्कार संस्कृतिसहितको समृद्व समाजको स्थापनार्थ निर्माण गर्न लागीएको उक्त कलशको सहयोगको लागी केहि भारतीय ब्यापारीहरुले समेत चासो देखाएका छन| केहि समय पहिला एक भारतीय ब्यापारी निजि हेलिकप्टर लिएर उक्त स्थानमा आएका थिए|

‘विश्व शान्तिधाम’ नाम दिईएको उक्त क्षेत्र समुन्द्र सतह देखि १५०० मिटरको उचाईमा रहेको छ | उत्तर तर्फ धौलागीरी हिमाल र पूर्वका कालिगण्डकी बगेको देख्न सकिने उक्त स्थानबाट दर्जनौ हिमालहरुको साथै सूर्यदयो र सूर्यास्तको अवलोकन गर्न सकिन्छ | उक्त स्थान देखि पूर्व झन्डै ३ किलोमिटरको दुरीमा कालिका भगवतीको मन्दिर रहेको छ जुन चैत्र अष्टमीको दिन नेपाल कै सबै भन्दा बढी दर्शनार्थी पुग्ने मध्ये एक हो |